जुम्लामा हिमपात: चिसोले जनजीवन प्रभावित

Enepal Patra Pvt. Ltd. , ६४१  पटक हेरिएको

नेत्र शाही

जुम्ला, पुस २० गते । जुम्लामा हिमपात शुरु भएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने गहिरो स्थानमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेप्ताम्बे भएका छन् ।
हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर समान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परे सँगै हिँउ जमेको हो । यस बर्ष मंसिरमा समान्य हिउँ परेपनि खासै हिउँ परेको थिएन । मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने स्थानीय जनाउछन । हिमपातका कारण भने हवाई यातायात प्रभावित भएको छ ।जुम्ला विमानस्थलमा जहाँज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।

यसैगरी एक हप्ता देखीनै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माईनस बाट शुन्यमा उक्लेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आईतवार न्यूनतम माईनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम वादल र हावा कम भएपछि शुन्य दशमलप ६ रहेको जानकारी दिनुभयो ।

सडक मानवलाई कठिन
हिमपात सँगैको चिसोले जनजीवन प्रभावित भएको छ । विशेषगरी सडकमा रहेका नागरिकहरुका लागि चिसोले कठिन भएको छ । करिब एक बर्ष देखी चन्दननाथ नगरपालिका वडा नम्बर ३ नाओडारमा बस्दै आएकी मानसिक समस्या भएकी एक महिलालाई बस्न कठिन भएको छ । यद्यपी स्थानीय प्रशासनले उहाँको अवस्था अवलोकन गर्दै पुनस्र्थापनाको तयारी गरेको छ । तर अत्याधिक चिसो र हिउँ परेका कारण दैलेख घर बताउने ति महिलालाई तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीय बताउदै आएका छन् । यस्तै कालिकोट घर बताउने एक कमल नाम बताउने एक व्यक्ति लामो समय देखी जुँगाड खोलाको तरकारी मण्डिमा बस्दै आएका छन् । उनको समेत मानसिक अवस्था आएको छ ।

प्रकाशित मिति: २०२१-०१-०४ , समय : ११:३२:४४ , ३ वर्ष अगाडि