राष्ट्रीय मेलमिलाप दिवसको अवसरमा : नेपाली कांग्रेसका कवच विपी कोइराला

Enepal Patra Pvt. Ltd. , ८९२  पटक हेरिएको

ओम आचार्य

वि पी कोइराला २०३३ साल तिर भारतको निर्वासित जीवन एकाएक छोडेर ूराष्ट्रीय एकता तथा मेलमिलाप ू भनेर नेपाल प्रवेस गरे उन्को प्रवेस पनि तत्कालिन व्यवस्था ले (चुनौति) ठान्यो र हर सम्भव प्रयास गर्यो रोक्न तर वि पी को धृढ निस्चय , उच्च मनोवल र राष्ट्र प्रेम को अगाडी चुनौति ठान्ने निरिह वने ।

वि पी को त्यो राष्ट्रीय मेलमिलाप कुन पृष्ठभुमी र कुन परिवेस मा जन्मिएको थियो त्यो तत्कालिन शाशकले बुज्न सकेन या वुज्न चाहेन त्यसैको परिणती आजको वर्तमान अवस्था हो र यो अवस्था लाइ आमन्त्रण गर्ने नेपाली कांग्रेस नेतृत्व लिएर वसेका पनि त्यतिनै जिम्वेवार छन जति ६२ साल पुर्व शाशक ।

वि पी को राष्ट्रीय एकता तथा मेलमिलाप उनि नेपाल प्रवेस गर्दा को तत्कालिन समय र परिस्थिति को औचित्य र अहिले वि पी को त्यो दर्शन झन सार्थक र औचित्यपुर्ण देखिन्दै छ ३३ सालमा त्यो दर्शन त्यो नीति नबुजेका या बुज्न नचाहेका या बुजेर पनि ग्रहण नगरेका ले जुन दुर्घटना देखे अव त्यसो नगर्लान र नेपाली काग्रेस ले पनि विपी को नीति दर्शन लाइ काग्रेसले परिचय नबनाएको ले कांग्रेसको मौजुदा अवस्था भएको हो ।

नेपालि काग्रेसले पौष १६ गते मेलमिलाप दिवस मनाउछ , वि पी को तस्विर राख्छन माल्यार्पण गर्छन तर त्यो मंच वाट वि पी को मेल मिलाप को व्याख्या हुदैन त्यो दर्शन को चर्चा हुदैन अहिले युवा पुस्ताहरु नेपाली कांग्रेसमा नेतृत्व लिन खोज्दै छन तर यिनिहरुले वि पी को विचार , वि पी को दर्शन कति बुजेका छन या कति बुजाउन सक्छन ।

मलाइ लाग्छ अहिले गाँउ गाँउमा जन जनमा कार्यकर्ता कार्यकर्ता मा वि पी को विचार पुर्याउन पर्छ । विचार धेरै सक्तीशाली हुन्छ आज नेपालमा यही विचार मार्क्स , लेनिन , स्टालिन , माओ को विचार सवैतिर सम्प्रेषित छ , यही विचारले नेपाल पोषित हुन खोजिरहेको छ यही विचारको साहित्य , राजनीति ले ठाउ लिन खोजिरहेको छ ।

नेपालि काग्रेस को नेता ,कार्यकर्ता ले वि पी विचार वोकेको भए मनन गरेको भए धारण गरेको भए कुनै पनि नेता ले कही पनि शिर निहुराउनु पर्दैनथ्यो कही पनि झुक्नु पर्दैनथ्यो र कही पनि चरित्रमा दाग लाग्दैनथ्यो उ यती निर्भय हुन्थ्यो लाग्छ शेर , उ विचारको यति सम्पन्न हुन्थ्यो यती बौध्दिक हुन्थ्यो की कही पनि बौध्दिक दरिद्रता , विचारको दरिद्रता प्रकट गर्नु पर्दैनथ्यो ।

नेपालि काग्रेस मा पाटी बहिर्गमन हुने मुख्य कारण नै वि पी प्रती निष्ठा प्रतिबध्दता नभएर नै हो र यस्ता वाट पाटीलाइ दीर्घकाल सम्म नेतृत्व दिन सक्तैनन जो वि पी को विचार मा दर्शनमा समाहित हुन्छ ति पाटी मा जीवन प्रयन्त रहन्छ त्यस्तैमा कुल बहादुर गुरुंग लाइ लिन सकिन्छ ।

नेपालि काग्रेसले आफ्ना महामानव नेता, जननायक नेता वि पी लाइ चिनाउन सकेन जन स्तर सम्मा पुर्याउन सकेन वि पी वाट लेखिएको थुप्रै साहित्य , वि पी जीवनी मा लेखिएको कथा , आत्मावृतान्त ,जेल जर्नल , मेलमिलाप सम्वन्धी लेखेका पुस्तक , उन्को विचार , उन्को दर्शन जन जन मा घर घरमा कार्यकर्तामा पुर्याउने काम कहिले गरेन । नेपालि काग्रेसले ठुलो परिमाण उक्त पुस्तकहरु प्रकाशन गरेर प्रत्येक घर घर मा पुर्याउन पर्छ प्रत्येक धुरीमा प्रत्येक घरमा वि पी को विचार दर्शन पुर्याउनु अव जरुरी भैसकेको छ यि पुस्तक हरु जस्ले पँढछ अध्यन गर्छ त्यो वि पी को अनुनायी नहुने कुरै छैन । यस्लाइ नेपाली काग्रेसले गम्भिर रुपमा लिओस र हेरौस नतिजा कमसेकम अहिले देखी विज त लगाओस अनि हेरोस ।

तपाइलाइ थाहा छ विस्वमा धर्म ,विचार, र दर्शन कसरी अगाडी वडिरहेको छ कसरी आफ्नो साम्राज्य फैलाइ रहेको छ त्याहा विचार दिने दर्शन दिने र धर्म गुरुहरु अवतारीहरु को उपस्थिती भइरहनु पर्दैन विचार दर्शन त्याहा सम्म पुर्याए पुक्छ ।

तपाइलाइ थाहा छ तिव्वतमा जुन धर्म को चर्चा गरिन्छ त्यो सवै भन्दा पछी आएको हो , त्यो पनि दहेजमा ,उत्तर कोरिया , जापान, चिन , कम्वोडिया सवै ठाउमा पुग्यो र अन्तमा तिव्वतमा त्यति खेर तिव्वतमा तत्कालिन राज धेरै सक्तिशाली र क्रुर थिए उन्को दवदवाव र प्रभाववाट वच्न चिनका राजाले र नेपालका९ एकिकरण पुर्वका० राजा अंशुवर्माले आफ्नी छोरी भृकुटि तिव्वत का राजा स्रंगचंगगफ्मो लाइ आफ्नो छोरी दिदा चिन र नेपालले वुध्दको मुर्ती ताराको मुर्ती र बौध्द साहित्यका पुस्तकहरु समेत छोरी संगै दाइजोमा दिए । जव तिब्वतको राजाको आखा ति मुर्ती मा परे र बौध्द साहित्य अध्यन गरे तव सदाको लागी उन्को भए अर्थात बुध्दिष्ट भए र जव राजाले धर्म स्विकार गरे र हेर्दा हेर्दै सम्पुर्ण तिब्तवू बुध्द शरणं गच्छामी , धम्मं शरणं गच्छामी ू भयो ।

कोरियाको राजा जापान संग खुब डराउने अत उस्ले सन्धी प्रस्तावको रुपमा एक दुतलाइ भगवान बुध्दको विग्रह , पुजा पध्दती , र उन्को कथाहरु जापानको राजाला पठाए र केही दिन भित्रै यस प्रकार कोरियावाट बुध्द धर्म जापान पुग्यो ।

मार्क्स , लेनिन माओ पनि त्यसरी नै प्रचारित भएका हुन त्यसरी नै यिनिहरुको अनुनायी भएका हुन ।

नेपाली काग्रेस मा नेतृत्व लिएर वसेकाहरुले केन्द्रीय समीतिताका पदाधिकारीहरले यि माथिका कुरा यि माथिका उदाहरण लाइ मज़ाक़ , ठ्ट्टा को रुपमा न लिउन ।

वि पी को विचार दर्शन त्यसै पनि जिवित छन प्राण प्रतिष्ठित छन यस्मा संका नगर्नुस संसय नगर्नुस र वि पी लाइ विपी को तस्विर पुस्तक घर घरमा पुर्याउनुस अनि हेर्नुस नेपाल वि पी मय हुन्छ काग्रेस मय हुन्छ चार तारा मय हुन्छ ।

प्रकाशित मिति: २०२०-१२-३१ , समय : ११:५८:२८ , ३ वर्ष अगाडि