सिरिजंघाका दिलकुमार नायक बन्दा न्युस्टारले गुमायो ३ अंक

Enepal Patra Pvt. Ltd. , ६७३  पटक हेरिएको

हरि काेइराला
पथरी शनिश्चरे–मोरङ,  २६ मङ्सिर । मोरङको पथरीमा जारी पथरीशनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तगर्तको  शुक्रबार भएको दोस्रो खेलमा  सिरिजङ्घा फुटबल क्लव बिजयी भएको छ । सिरिजङ्घाले न्यूस्टार फुटबल क्लवलाई १–० गोलले हराउँदै ३ अङ्क जोडेको छ । सिरिजङ्घाको जितमा ३३ औँ मिनेटमा दिलकुमार याक्सोले गरेकाे एकमात्र  गोल नै निर्णायक बन्यो ।
खेलको ६५ औँ मिनेटमा सिरिजङ्घाका सुवास तामाङले दोस्रो गोल गर्ने सुनौलो मौका गुमाए । सुवासको प्रहार  न्यूस्टारका गोल रक्षक बिशाल दर्लामीले राेक्दै अग्रता दाेब्वर हुनबाट टिमलाई बचाए । ७५ औँ मिनेटमा सनम धिमालले अग्रता दोब्बर बनाउने अर्को अवसर पाए पनि साे अवसर पनि चुमेकाे थियोे  । उनकाे  प्रहार गोलपोष्टको माथिल्लो भागमा लागेर मैदानमा झ¥यो ।
खेल अवधिभर दवावमा रहेको न्यूस्टारले गोलको थुप्रै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । र न्युस्टारले ३ अङ्क गुमाउनु प¥यो ।
प्रस्तावित पथरी रंगशालामा आयोजित आजको खेलको म्यान अफ दी म्याच सिरिजङ्घा क्लवका विवेक आङ्देम्बे घोषित भए  ।
शनिबार नवोदय फुटबल क्लव र देवीगञ्ज फुटबल क्लवबीच लिगको तेस्रो खेल हुनेछ ।

प्रकाशित मिति: २०२०-१२-११ , समय : २०:५०:०८ , ३ वर्ष अगाडि