कास्की, ३० साउन ।  प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार–६ घर भई हाल पोखरा महानगरपालिका–९ बस्ने कृष्णबहादुर नेपालीको छोरा २५ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

गोरखा जिल्ला अदालतको विसं २०७२ मङ्सिर १० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद हुने ठहरेकोमा सो फैसलाउपर उच्च अदालत पोखरामा पुनरावेदन गरी उच्च अदालत पोखराको विसं २०७३ पुस ३ गतेको फैसलाले समेत सोही सजाय सदर गरेको थियो ।

प्रतिवादीले एक महिना ११ दिन प्रहरी तथा न्यायिक हिरासतमा रही बाँकी चार वर्ष १० महिना १९ दिन कैद बाँकी रहेकोमा पोखरा–९ बाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा बाँकी कैद भुक्तानको लागि अदालतले कारागार कार्यालयमा पठाएको प्रनाउ हमालले जानकारी दिनुभयो ।

नगद रु एक लाखसहित १७ जुवाडे पक्राउ

प्रहरीले पोखरा महानगरपालिका–१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ । मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेराकोठामा अवैधरुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलीरहेको अवस्थामा फेलापारि खानतलासी गर्दा रु एक लाख दुई हजार ४९० र २२४ पत्ती तास फेला प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो । पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर ९जुवा० अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट बिहीबार सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.