Enepal Patra Pvt. Ltd. , ८३६ पटक हेरिएको
मोरङ २९ बैशाख ।यतिबेला युरिया मल नपाएर मोरङका किसान चिन्तित छन् ।विश्व ब्याबी रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपाल लागएतको अरु देशमा पनि लकडाउन भै रहेको छ। लकडाउन भएसगै यति बेला गाउँका किसान युरिया मल नपाएर मर्कामा परेका छन।पथरी शनिच्चरेका किसान धान मकै मा मल लागाउन न पाएर चिन्तित बनेका छन ।धान मकैमा मल लागाउने बेला भएता पनि बेलामा मल लागाउन न पाउँदा धेरै मात्रामा आम्दानी घट्ने त्यहाका किसान बताउछन। पथरी शनिच्चरे ४ प्रगतिटोल का कृषक पुस्प राज दाहालले १५ कठामा लगाएको धान र १५ कठा नै मकैमा मल लाउन नपाउदा १ लाख बढी घाटा हुने बताए । धान तथा मकै को सिजल सुरु भए सगै सरकारले लकडाउन घोषणा गर्दा मल तथा किरा मर्ने औषधिसमेत नपाउँदा चिन्तित भएको बताउछन् ।आम्दानीको त परै जाओस् लागाएको लागानी समैत धाटा लाग्न उनले बताए । उन्ले भने यति बेला धान पसाउने र मकै नि धान चामल हाले बेला भए सगै सरकारले आज भन्दै भोलि भन्दै लकडाउन थप्दै गै रहेको छ युरिया मल र किरा मार्ने औषधिपसल पसल सम्म पुग्न समेत सकिएको छैन जसो तसो गरेर पुगेता पनि मल र किरामार्ने बिषाधी न पाउँदा आम्दानी धट्ने चिन्ता बढी रहेको बताए। यति बेला बर्खे धान को सिजन सगै मकै को नि सिजन चली रहेको बेला अहिले को यो बाली नै भित्र्याउन धम्मे धम्मे भएको छ यो ठाउका किसाल लाई ३र४ बिग्गा क्षेत्रफाल जग्ग भएका दाहाल अहिके को यो बाली बाटै चिन्तामा छन।अब यो बाली भित्र्याए सगै हिउदै धान रोप्ने चटारो छाइरहेको बेला यस्तै हो भने अरु धान कसरी रोप्ने भन्ने चिन्ता बढी रहेको बताउछन् । व्यावसायिकरुपमा धान मकै खेती गर्दै आएका यहाँका किसानले मल बीउ सरकार ले नै उपलब्ध गरिदिनु पर्नै अन्यथा क्षेतिको राहत दिनु पर्ने बताएका छन् ।उनिहरुले आम्दानी लिने बेलामा सधै मुल्यको गिरावट , बन्दहड्ताल जस्तो समस्याले किसान मर्कामा पर्ने गरेको बताएका छन।
प्रकाशित मिति: २०२०-०५-११ , समय : १७:५५:०२ , ४ वर्ष अगाडि