भरुवा बन्दुक सहित १ जना पक्राउ

Enepal Patra Pvt. Ltd. , ३९८  पटक हेरिएको

खोटाङ,२६ बैशाख । खोटाङ हलेसी तुवाचुङ १० का २५ बर्षीय नबिन राई हतियार सहित पक्राउ परेका छन । आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनि पक्राउ परेका हुन । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०५-०८ , समय : १८:१३:३४ , ४ वर्ष अगाडि