लेटाङ नगरपालिकाले बाँकी रहेका वडामा राहत वाढ्यो

Enepal Patra Pvt. Ltd. , ५५३  पटक हेरिएको

लेटाङ, १४ बैशाख । लेटाङ नगरपालिकाका ४ वटा वडामा आज वाट राहत वाड्न सुरु गरिएको छ । वडा नं. ३ बाहेक सवै वडामा राहत वाडिएको हो ।

हिजो ४ वटा वडामा राहत वाढ्न सुरु भएको थियो भने आजवाट बााँकी रहेका ५ वडा मध्ये ४ वटा वडामा राहत बाड्न सुरु गरिएको हो ।
लेटाङ नगरपालिका वडा नं. ४ का ५१८ परिवार ,वडा नं. ५ का ४९१ परिवार ,वडा नं. ६ का ४०२ परिवार र वडा नं. ७ का ३७७ परिवारलाई आज वाट राहत बाड्न सुरु गरिएको हो । अन्य वडाहरुमा हिजो देखिनै राहत वाड्न सुरु गरिएको छ । वडा नं. ३ मा भोलीदेखि राहत वाडिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

नगरपालिकाले आफ्ना वडाका ९ वटामा जम्मा ४ हजार १ सय ८३ घर परिवारलाई राहत वितरण गरिरहेको छ । नगरपालिकाले हिजो पहिलो दिन ४ वटा वडाहरुमा राहत वितरण सुरु गरेको थियो । लेटाङ १ मा ३७५ परिवार , लेटाङ २ मा ३४४ परिवार , लेटाङ ८ मा ४८७ परिवार र लेटाङ ९ मा ३७३ परिवारलाई राहत वितरण गरिसकेको छ ।

प्रकाशित मिति: २०२०-०४-२६ , समय : १७:५४:२४ , ४ वर्ष अगाडि