एक करोडभन्दा धेरैको तरकारी बारीमै कुहिन थाल्यो

Enepal Patra Pvt. Ltd. , ९६७  पटक हेरिएको

हरि कोइराला
उर्लाबारी ,२  बैशाख  । मोरङको पथरीशनिश्चरे –६ पिप्लेको राधाकृष्ण कृषि समूहले उत्पादन गरेको ८ विगाहा जग्गाको गोलभेडा (टमाटर) बारी मै कुहिन थालेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीको घोषणा गरेपछि किसानको गोलभेडा,लौका,बैगुन लगायतका तरकारी बारी मै कुहिन थालेका हुन् । गत वर्ष राधाकृष्ण कृषि समूहमा आवद्ध १८ किसानले यो सिजनमा ५० लाख रुपियाँको तरकारी बिक्री गरेको समूहका सचिव रञ्जित महतोले बताउनु भयो । रञ्जितले मात्र यो वर्ष १५ कट्ठा जमीनमा टमाटर खेती गर्नु भएको छ । उहाँको बारीबाट हाल दैनिक ५ सय केजी टमाटर उत्पादन भइरहेको छ । तर, उत्पादन भएको टमाटर बजार पु¥याउँन नसक्दा रञ्जित यति बेला पुर्पुरोमा हात लगाएर बसिरहनु भएको छ ।

बजारमा ५० रुपियाँमा बिक्री भइरहेको टमाटर १५÷२० रुपियाँमा पनि बिक्री नभएको किसानहरूको भनाई छ । गाडी गुडेका छैनन् । साइकल र डोकामा बिक्री गरेर सकिदैन् । उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् भने , किसान लाखौं रुपियाँको कृषि उत्पादन कुहिएर सकिएला भनेर चिन्ता ब्यक्त गरिरहेका छन् ।

मध्य मोरङको पथरीशनिश्चरे नगरपालिकाले वडा नं। ५ र ६ लाई तरकारी र खाद्यान्न उत्पादन क्षेत्रका रुपमा घोषणा गरेको छ । घोषणासँगै नगरले किसानलाई , मल , बीउ, टनेल,बिषादी र परामर्स समेत दिँदै आएको वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङले बताउनु भयो । तामाङले वडा नं. ६ मा मात्र झण्डै ७० विगाहा जमीनमा ब्यावसायिक तरकारी खेती भइरहेको बताउनु भयो ।

रञ्जितले गत वर्ष फागुन–बैशाखको अवधिमा टमाटर बिक्रीबाट ६ लाख रुपियाँ आम्दानी लिनुभयो । गत वर्ष राम्रो आर्थिक लाभ लिएपछि यो वर्ष उहाँले खेतीको क्षेत्रफल पनि बढाउनु भयो । यो वर्ष यो अवधिमा १३ लाख रुपियाँको टमाटर बिक्री गर्ने महतोको योजना थियो । तर, बारी मै टमाटर कुहिएपछि उहाँको टमाटर बिक्री गर्ने सपना पानीको फोका झैं फुटेको छ ।

रञ्जितका छिमेकी सत्यनारायण महतोले ६ कट्ठामा टमाटर खेती गर्नु भएको छ । १ लाख ७५ हजार रुपियाँ लगानी गर्नु भएका ५८ वर्षीय महतोले यो वर्ष ५ लाख रुपियाँको टमाटर बिक्री गर्ने योजना बनाउनु भएको थियो । ३० वर्ष देखि तरकारी खेती गर्दै आउनु भएका महतो अर्काको खेती ठेक्कामा लिएर तरकारी खेती गर्नुहुन्छ । उहाँले भन्नुभयो –वार्षिक ५० मन धान ठेक्का तिर्नुपर्छ । अब कसरी ठेक्का तिर्ने रु उहाँले दुखेसो गर्नुभयो ।

 

सत्यनाराण र रञ्जित प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै रामचन्द्र महतो , उचित महतो लगायत थुप्रै किसान यतिबेला तीनै तहका सरकारसँग तरकारी बिक्री गर्ने वातावरण बनाई दिन माग गरिरहनु भएको छ । समूहका सचिव रञ्जित महतोले वडाभरिमा ८ वटा कृषि समूह रहेको बताउनु भयो । सबै समूहको उत्पादन हिसाब गर्ने हो भने डेढ करोड बढीको तरकारी नष्ट हुने अवस्था रहेको उहाँको भनाई छ ।

उता पथरीशनिश्चरे १ का वडाध्यक्ष बाबुराम एङ्देनले किसान चरम आर्थिक मारमा परेको भन्दै १५ दिन सम्म बाहिरबाट टमाटर भित्रिन नदिने घोषणा गर्नु पर्ने बताउनु भयो । टमाटर खपत हुने मुख्य बजारबाट १० किलोमिटर दक्षिणमा उत्पादन हुन्छ । बजार सम्म ढुवानीे ब्यवस्था मिलाउन पहल सुरु गर्ने उहाँको भनाई छ । वडा नं ।१ र २ को मुख्य क्षेत्रमा मात्र झण्डै ३० हजार मानिसको बसोबास रहेको छ । आइतबार वडा नं १ र ६ का वडाध्यक्ष किसानको उत्पादन र समस्या बुझ्न तरकारी बारीमा पुग्नु भएको थियो ।
रञ्जित महतोको टमाटर खेती । उहाँले विभिन्न स्थानमा १५ कट्ठामा टमाटर, लौका,बैगुन लगायतका तरकारी लगाउनु भएको छ ।

गाेरखापत्र अनलाईन वाट

प्रकाशित मिति: २०२०-०४-१४ , समय : १३:५०:४२ , ४ वर्ष अगाडि