मोहन ढकाल

 

विराटनगर, १६  चैत । नाेवेल कोरोना भाइरस (कोभिड – १९) विश्वव्यापी महामारीको रफ्तारमा बढ्दै छ । शनिवार सम्म नेपालमा पनि पाचँ जनामा यसको संक्रमण पुष्टि भयो । यसको संक्रमणसँगै रोकथामका लागि केहि स्थानिय निकायले सोमबार छलफल गरेर मंगलवारबाट आफ्नो क्षेत्रमा लकडाउनको घोषणा गरे । त्यहि दिन फ्रान्सबाट आएकि नेपालि युवतिमा कोरोनाको संक्रमण देखियो । ति युवतिमा कोरोना पोजेटिभ देखिएपछि सरकारले पनि देशैभर एक हप्ताको लागि लकडाउनको घोषणा गर्यो । मंगलवारबाट शुरू भएको लकडाउनमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिक्लन भनेको छ । तर लगडाउनको शुरूवातमै लकडाउन उल्लङ्घन गर्नेलाई विभिन्न तरिकाले सजाय भयो । कति ठाउँमा प्रहरी र मेयरले भाटा हानेको भिडियो भाईरल भयो । यसको कतिले समर्थन गरे भने कतिले बिरोध गरेका छन् । यसमा धेरै वहस नगरौँ । ठिक हो या वेठीक समयले पक्कै बताउने छ ।

लकडाउन त गत मंगलवारबाट एक हप्ताका लागि शुरू भयो । त्यस्तै अवस्था आयो भने अरू लम्बिन सक्ने सम्भावना देखिन्छ । तर पाचौँ दिनसम्म आईपुग्दा विराटनगरमा लकडाउन खासै प्रभावकारी हुन सकेन् । विराटनगरका साप्ताहिक हाटबजार लकडाउन शुरू हुनु केहि दिन अगावै महानगरपालिकाले रोक्दै आएको थियो । त्यसवेला हाटबजार लाग्ने स्थानमा नगर प्रहरी आएर बस्ने गरेका थिए । तर, अहिले लकडाउन शुरू भएको पाचौँ दिनसम्म आईपुग्दा भने दिनहुँ हाटबजार लाग्ने गरेका छन् । नगर प्रहरी आएर केहिबेर भिड तितर वितर पारे पनि एकै छिनमा उस्तै हुनेगरेको छ । शुक्रवार विराटनगरको शान्ति चोकमा यस्तै देखिएको थियो । जहाँ अन्य समय जस्तै बाक्लो भिड लागेको थियो । जब नगर प्रहरी आएको थाहा भयो सबैको भागाभाग भयो । पुनं नगर प्रहरी गएपछि तितर वितर भएका मान्छेको भिड जम्मा भयो । भिड हेर्दा लाग्थो त्यहाँ भएका कसैलाई पनि कोरोना भाईरसको बारेमा केहि थाहा छैन् ।

विराटनगरको त्रिमुर्ती चोकमा पनि शनिवार हाट लाग्यो । मानिसको भिड उस्तै थियो । सरकारले घरमै बसेर सुरक्षित हुन भनेको छ । तर मानिसहरूले आफु सुरक्षित हुन खासै ध्यान नदिए जस्तै लाग्थ्यो । मासु पसलमा पनि त्यस्तै भिड थियो । मासु पसलमा ठेलमठेल जस्तै अवस्था थियो । त्यहाँको अवस्था देख्दा पक्कै पनि मान्छेले लापरवाही गरेको प्रष्ट बुझिन्थ्यो ।

दैनिक काम गरेर विहान वेलुका छाक टार्ने परिवारको अहिले विजोक भएको छ । यो अवस्था कुनै आन्दोलनले भएको त हैन् । तर प्रत्येक नागरिकको बाच्नँ पाउने अधिकार सुरक्षित हुन्छ । यो अवस्थामा उनिहरूलाई कसरि छाक टार्ने भन्ने समस्या छ । लकडाउनको पाचौँ दिनसम्म आइपुग्दा सम्बन्धित पक्षले राहात कोष मात्रै स्थापना गरेको देखिन्छ । उनिहरूलाई राहात वितरण गरेको छैन् । मात्र भाषण र कागजमा मात्रै सिमित देखिन्छ । भाषण र कागजमा मात्रै सिमित हुने पहिला देखिकै चलन हो । समस्या परेकै वेला उनिहरूको उद्दार हुन सकेन भने त्यसको खासै महत्व नै भएन । सामान्य अवस्थामा त जसोतसो जिविका चलाएकै थिए र चलाउने छन् । त्यसैले समस्या परेकै बेला समस्याको समाधान हुनुपर्छ ।

दैनिक काम गरेर विहान वेलुकाको छाक टार्ने मध्ये हाटबजारमा आएर सागसब्जि बेच्चेहरू पनि छन् । नगरपालिकाले हटिया नलगाउनु भनेको छ, “तर हामीलाई केही सहयोग गरेको छैन् । वालवालिका भोकै हुने अवस्था छ । दैनिक गुजारा गरेर घरव्यवहार चलाउनु पर्छ । भोकै राख्न त भएन नि वालबच्चालाई” तरकारी बेच्दै गरेकी निर्मला मण्डलको जवाफ थियो । हटिया नलगाउनु भनेको छ, भिडभाडमा नजानु भनेको छ, यो मान्नुपर्छ । तर पेटले त मान्दैन नि, “उहाँले भन्नुभयो ।” प्रहरी र नगरप्रहरीले आफ्ना समस्या नबुझि लछार पछार पार्ने गरेको उहाँले गुनासो पोख्नुभयो । उहाँ जस्तै अरुको पनि उस्तै गुनासो थियो । विराटनगर जामुनगाछीका विनोद कुमार मेहता टाली मार्वलको काम गर्नुहुन्छ । तर लकडाउन सँगै अहिले उक्त काम रोकिएको छ । दैनिक काम गरेर परिवार चलाउने गरेको तर अहिले टाली मार्वलको काम रोकिएपछि दैनिकी चलाउन समस्या परेकाले सब्जी बेच्न आएको उहाँको भनाई थियो । सरकारले भनेको कुरा मान्नुपर्ने हो । तर पेटको लागि समस्या हुन्छ । घर परिवार चलाउन समस्या हुने अवस्था आएको छ । कि त सरकारले हामी जस्ता दैनिक काम गरेर जिविका चलाउनेलाई केहि सहयोग गर्नुपर्छ, “उहाँले भन्नुभयो ।” हैैैन भने हामीले भोेकै बस्नु रु उहाँले प्रश्न गर्नुभयो ।

अन्य व्यक्तिहरुको पनि घरमा अत्यावश्यक सामग्री ९सागसब्जी, दाल चामल, नुनतेल लगायतका दैनिक उपभोग्य वस्तु ० सकिएको हुन्छ । त्यस्तो अवस्थामा आवश्यक सामग्री खरिद गर्न सबैजना निक्लिने गरेका छन् । यसरि सबै जना बाहिर निक्लदा भिड अवश्यपनि हुने नै भयो । मान्छेले बुझेर पनि उसको पेटले बुझ्न सक्दैन । यो अवस्थामा विभिन्न उपाय अपनाएर भिड कम गर्न सकिन्छ । पहिलो त लकडाउनको पुर्ण कार्यन्वयन गर्न दिनभरि काम गरेर विहान बेलुकाको छाक टार्दै आएका परिवारलाई आवश्यक सामग्री चाडो भन्दा चाडो उपलब्ध गराउन आवश्यक छ । दोस्रो दैनिक आवश्यक सामग्री प्रत्येक घरसम्म पुर्याउने व्यवस्था गर्न सकिन्छ । यसको लागि सरकारले विभिन्न निकायसँग समन्वय गर्न सक्नुपर्दछ । तेस्रो कुरा कुनै ठाउँमा जानै पर्ने अवस्था भएमा वा पसल बजार जादाँ डब्लुएचओ को मापदण्ड अनुसार भिड नगरि कम्तिमा पनि एक मिटरको फरकमा बसेर सामान किन्ने बानीको विकास गर्नु पर्छ । चौथो भनेको अनावश्यक घरबाट बाहिर निक्लनेलाई कानुनी कारबाही गर्न आवश्यक छ ।

कोहि बाध्यताले आफुलाई जोखिम माल्दै छन् भने कति जानाजान आफुलाई जोखिम मोल्दै अरूलाई पनि जोखिममा पुर्याउन खोज्दैछन् । कुनै पसलमा सामान किन्न जादाँ पसलेले सुरक्षित साथ दिन खोज्दा उल्टै झर्किने मानिस पनि भेट्टिन्छन् । सबैभन्दा सर्बश्रेष्ठ प्राणी भएर पनि नगर भनेको कुरा सुरूमा गर्ने अनि गर भनेको कुरा नगर्ने हाम्रो मानसिकता कहिले परिवर्तन होला रु
यो समयमा लकडाउनको सबैले पालना गरौँ । अत्यावश्यक काम देखि बाहेक बाहिर निक्लेर भिडभाड नगरौँ । आफूपनि बचौँ र अरुलाई पनि बचाऔँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.