नेपालकै पहिलो एक मात्र कलाकारद्वारा अभिनित चलचित्र “अन्तिम पाना” सम्पादनमा

Enepal Patra Pvt. Ltd. , ६४९  पटक हेरिएको

काठमाडौं , १ चैत । एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र “अन्तिम पाना”को सम्पादन कार्य शुरु भएको छ। दिवाज फिल्मको ब्यानरमा निर्माण भएको सो चलचित्रको छायांकन पुरा भई सम्पादन कार्य सुरु भएको हो ।

दिवाज राई किराँती निर्माता रहेको उक्त चलचित्रमा नियोमा राई कार्यकारी निर्माता रहेकि छन् । लेखक तथा अभिनेता जीवन थापा ुक्षितिजुको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा एक मात्र कलाकार उमेश कार्कीले अभिनय गरेका छन्। चलचित्रको मुख्य सहायक निर्देशन सन्तोष थापाले गरेका छन् भने छायांकन तथा सम्पादन केदार राईले गरेका छन्।

लेखक तथा निर्देशक थापाका अनुसार समाजमा विभिन्न समस्याका कारण एक्लिन बाध्य भएको पात्रको जीवन भोगाइ मुख्य बिषय रहेको चलचित्र अन्तिम पाना पुर्वी तथा पहाडी जिल्ला भोजपुरको ट्याम्के मैयुङ्ग र पाङ्खाङ् गाउँ लगायत अरुण गाउँपालिका याकु मैदानेमा छायांकन गरिएको हो। उक्त चलचित्र एक मात्रै कलाकारको अभिनय रहेको नेपालकै पहिलो चलचित्र भएको उनले दावी गरे ।
चलचित्र निर्माता दिवाज राई किरातीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भए पश्चात् मात्र नेपालका हलहरुमा सो चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।

नाटक तथा चलचित्र लेखक एवम् अभिनेता जीवन थापा ‘क्षितिज’ले चलचित्र निर्देशनमा पहिलो पटक हात हालेका हुन् । एकल कलाकार अभिनित नेपालकै पहिलो दाबी गरिएको चलचित्र ‘अन्तिम पाना’ मार्फत् उनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन् । उनका अनुसार दिवाज फिल्मको ब्यानरमा निर्मित थापाको डेब्यु चलचित्र ‘अन्तिम पाना’ छायांकन कार्य पूरा भई सम्पादनको क्रममा रहेको छ।

एक जना कलाकारको मात्र अभिनय रहेकोे चलचित्र ‘अन्तिम पाना’मा कुशल कलाकार उमेश कार्कीले अभिनय गरेका छन् । करिब दुई घन्टा समय अवधिको चलचित्र ‘अन्तिम पाना’मा एक्लै अभिनय गर्नु निकै कठिन भएता पनि आफू यसबाट अत्यन्त रोमाञ्चित भएको अभिनेता कार्कीले बताए ।

प्रकाशित मिति: २०२०-०३-१४ , समय : १९:४८:३७ , ४ वर्ष अगाडि