ड्रोनसम्बन्धी कार्यविधि ल्याउने तयारी

Enepal Patra Pvt. Ltd. , ५०९  पटक हेरिएको

देवबहादुर कुँवर

काठमाडौंँ, माघ ८ गते । भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन जफत ग¥यो र उडाउने व्यक्ति नियन्त्रणमा परे ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्वन्धित निकायको स्वीकृति नलिई ड्रोन उडाएको बयान दिए ।
त्यस्तै लगनखेलमा भने त्यतिकै शोखका लागि छतमा बसेर अरूलाई ड्रोन उडाउन सिकाइरहेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । ड्रोन आयात गर्नुभन्दा उडाउन स्वीकृति लिन झन्झटिलो भएकाले आफूखुशी उडाइएको भनाई ती ड्रोन चालकको छ । त्यस्तैं, स्वीकृति नलिइ ड्रोन उडाएको भन्दै सोलुखुम्बुबाट पनि प्रहरीले केही दिनअघि एक विदेशीलाई नियन्त्रणमा लिएको थियो । तर, ती विदेशीले ड्रोन उडाउनका लागि स्वीकृति लिनुपर्छ भन्ने ज्ञान नहुँदा गल्ती भएको स्वीकारेपछि नउडाउने शर्तमा उन्मुक्ति पाए । मचयलभ)अबmभचब
गृह मन्त्रालयका अनुसार, नेपाली आकासमा ड्रोन उडानसम्वन्धी कार्यविधि झन्झटिलो हुँदा स्वीकृत नलिई आफूखुशी ड्रोन उडाउने समस्या बढ्दै गएको छ । शान्तिसुरक्षाका दृष्टिकोणले संवेदनशील ड्रोन आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने सम्भावना प्रवल छ ।
गृहका प्रवक्ता रामकृष्ण सुवेदीले ड्रोनक्यामेराको बढ्दो प्रयोगसँगै उडान कार्यविधि नै परिवर्तन गर्नुपरेको बताउनुहुन्छ । ‘विवाह–ब्रतवन्धदेखि चलचित्रको भिडियो खिच्न ड्रोन क्यामेराको प्रयोग गर्ने गरेको देखियो’ उहाँले भन्नुभयो– उडान कार्यविधि कसिलो र झन्झटिलो हुँदा आफूखुशी उडाउने समस्या बढ्यो ।
यसरी, आफूखुशी ड्रोन उडाउँदा हवाईस्थल, विशिष्ट ब्यक्तिको शान्तिसुरक्षामा असर पर्नुका साथै सर्वसाधारण समेत त्रास हुने गरेको भनाइ प्रहरीको छ । ड्रोन सजिलैसँग ल्याउन पाउने तर, उडान गर्न गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणदेखि पुरातत्व विभागसम्मको स्वीकृति लिनुपर्ने ब्यवस्था रहेको छ ।
उक्त कार्यविधि पूरा गर्न कम्तिमा महिना दिन लाग्ने गरेको सेवाग्राही बताउँछन् । सम्पर्क तथा पहुँच भएकाले स्वीकृति नै लिन्छन् नभएकाले आफूखुशी उडाउँछन् । ड्रोन क्यामेराको प्रयोग आफैमा नराम्रो भने होइन, एक सुरक्षा अधिकारीले भन्नुभयो– तर, दुरुपयोग हुनसक्छ ।
यही समस्यालाई समाधान गर्न ड्रोन उडाउनका लागि स्थानीय निकायबाट नै स्वीकृति पाउने गरी कार्यविधि निर्माण भइरहेको जानकारी गृह प्रवक्ता सुवेदीले दिनुभयो । गृह, सञ्चार तथा सूचना प्रविधि, पर्यटन तथा नागरिक उड्डयन, वातावरण, वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, पुरातत्व विभाग लगायत सरकारका विभिन्न निकायबाट सिफारिसपत्र ल्याउनुपर्ने हुन्छ । सोही सिफारिस कागजपत्रका आधारमा गृह मन्त्रालयले ड्रोन उडाउन स्वीकृति दिने गर्छ ।
पुरातात्विक, धार्मिक तथा सांस्कृतिक सम्पदा, राष्ट्रिय निकुन्ज, सुरक्षा निकायका कार्यालय, हवाईस्थल, प्रशासनिक भवन लगायतका स्थानमा ड्रोन उडाउन प्रतिवन्ध गरिएको छ । तर, कतिपयले आफूखुशी सामरिक स्थानमा समेत ड्रोन उडाउने गरेकाले नियन्त्रणमा लिई जफत गर्ने गरिएको हो ।
गृह मन्त्रालयका अनुसार, ड्रोन उडाउन स्वीकृतिका लागि महिनामा करीब २५ भन्दा बढी निवेदन पर्ने गरेका छन् । कार्यविधि सजिलो बनाइएमा यो सङ्ख्या बढ्न सक्ने भनाइ मन्त्रालयको छ । स्वीकृति लिएर उडाउँदा दुर्घटना नहुन सक्छ, महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रमुख वसन्त लामा भन्नुहुन्छ–गलत कार्यमा पनि प्रयोग हँुदैन ।
ड्रोन क्यामेरा भित्र्याउन सामान्यतया ड्रोन चालक अनुमतिपत्र भए पुग्ने गरेको देखिन्छ । सोही अनुमतिपत्रका आधारमा ब्यक्ति तथा संस्थाले विभिन्न प्रयोजनका लागि ड्रोन क्यामेरा भित्र्याउने गरेका छन् ।
विकसित मुलुकमा ड्रोन क्यामेराको प्रयोग गरी विशिष्ट ब्यक्तिमाथि आक्रमणका साथै सामरिक सम्पदाको तस्वीर लिने, सुरक्षा संरचनामाथि निगरानी राख्ने र चोरीजन्य अपराध बढेसँगै नेपालमा पनि ड्रोनको दुरुपयोग हुन नदिन नयाँ कार्यविधि ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०१९-०१-२२ , समय : ०७:२७:२६ , ५ वर्ष अगाडि