हरि कोइराला,
कानेपोखरी(मोरङ),४ फागुन । माटो काट्ने, पोखरी खन्ने , डाँडाकाँडा बिराएर खेतीयोग्य जमीन बनाउँने काम गर्दे आएका अल्पसङ्ख्यक ऋषिदेव(मुसहर) हरू बेरोजगार भएका छन् ।
जमीनका नाममा ५/६ धुर ऐलानीमा घामपानी सम्म छल्ने घर बनाएर बसेका ऋषिदेवहरू पछिल्लो समय कृषिमा भित्रिएको आधुनिक प्रविधिले उठ्नै नसक्ने गरी थला परेका छन् । मोरङको कानेपोखरी –५ भौसाबारीका ४० वर्षीय अच्छेलाल ऋषिदेवले भन्नुभयो –गाउँमा काम नै छैन् । ट्याक्टरले जोत्छन् । स्कावेटर र जेसीवी गाउँ गाउँमा छन् । माटोको काम पाउँनै छोड्यो । अरु काम जानेको छैन् । जङ्गल खुल्ला हुँदा दाउरा बेचेर घर चलायौं । तर , अहिले जङ्गल पस्न पनि पाइदैन ।
काम नपाए पछि मुसहर वस्तीका धेरै लाठे र तन्नेरीहरू भारत पलायन भएकाछन् । अच्छेलालले थप्नुभयो – केही काम नभएपछि केटाहरू बिना योजना बाटोघाटो नबुझिकन भारत जान्छन् । गाउँबाट भारत गएका २ जना त अझै अहिले सम्म गाउँ फर्किएका छैनन् । उहाँले आफू पनि ८ महिना सडकमा वेवारिसे भएर ठूलो हन्डर खेप्दै नेपाल फर्किएको बताउनु भयो । राजेश अषिदेवले गाउँ छोडेको १२ वर्ष भयो । बीचमा एक पटक आएर परिवारै लग्नु भएका राजेशले त्यसपछि गाउँघरका आफन्त कसैलाई सम्पर्क गर्नु भएको छैन् ।
१ वर्ष अघि घर छोडेर हिड्नु भएका ३८ वर्षीय चन्द्र ऋषिदेवले गए देखि एकपटक पनि सम्पर्क गर्नु भएको छैन् । छोरी चन्दाले भन्नुभयो – फोन पनि आउँदैन । पैसा पनि पठाउनु भएको छैन् । चन्द्रसँगै भारत छिर्नु भएका अच्छेलालले भन्नुभयो –भारतको हावडामा टिटीले रेलबाट झारिदियो । म चाँही बचें । त्यसपछि चन्द्र सम्पर्क बिहीन छन् । अच्छेलालले आफू चाँहि रेल्वे स्टेसनमा केरा बेचेर घर फर्कने भाडा बनाएर फर्किएको बताउनु भयो ।
रामप्रसाद ऋषिदेवको भनाई झनै दुखलाग्दो छ उहाँ भन्नुहुन्छ– जागिर खाउँ पढेको छैन्,आफूले जानेको काम गाउँतिर पाउनै छोड्यो । भएको जग्गा सबै प्लटिङ गरेर सके । अलि अलि भएको जग्गामा ट्रयाक्टर र स्कावेटर लगाएर माटोको काम गर्छन् । विदेश (भारत)नगएर के गर्नु ,उहाँले रोजगार भए केटाहरू नेपाल नै बस्ने बताउनु भयो । रामप्रसादले पनि छोरीलाई साउदीअरव पठाउनु भएको छ । तर, छोरी साउदी अरव कसरी पुगिन भन्ने उहाँलाई केही थाहा छैन् । गाउँ मै बिदेश पठाइदिने भन्दै एजेन्ट आए । मैले पठाइदिएँ । उहाँले भन्नुभयो ।
बिदेशबाट बल्ल बल्ल फर्किएका युवाहरू पनि धेरै जसो बिरामी भएर फर्किन्छन् । ८ वर्ष सम्म बेखवर भएर आएको छोरो श्यामको घर फर्किएको ४ महिना पछि मृतयु भएको ६६ वर्षीय रुद्नी ऋषिदेवको भनाई छ । उहाँले भन्नुभयो – छोरो आउँदा खुशी त भएँ । तर, घरमा भएका सुँगुर, कुखुरा हाँस सबै बेचेर उपचार गर्दा पनि बचाउन सकिन । रुद्नी यस्तो पीडा खेप्ने एक उदाहरण मात्रै हुनुहुन्छ ।
भौंसावारीमा २०५८ सालको हैजा र कालोज्वरोले १६ जनाको ज्यान लिएर गाउँ नै सखाप पा¥यो । बुढापाका, अधबैंसे , केटाकेटी कसैलाई छोडेन कालोज्वरोले । विगत संस्मरण गर्दै उपेन्द्र ऋषिदेव भन्नुहुन्छ–त्यो बेला त कसैले सहयोग गरेन अहिले त सबै ठिकै छ । बाँचेकौं छौं । दुख सुख भात खाएकै छौं । उहाँले जसको सरकार भए पनि गरिवको पीडा कसैले नबुझेको बताउनु भयो ।
धनसेर ऋषिदेव पनि ६ वर्ष साउदी बसेर आउनु भयो । एजेन्टले एकै रुपियाँ नतिरी साउदी पु¥याएको बताउँदै उहाँले भन्नुभयो – अलि अलि पैसा त ल्याएँ । तर , अब बिदेश नजाने । धनसेर बिदेशबाट फर्किएपछि उहाँले अहिले सम्म कुनै एजेण्टहरू गाउँ नआएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.