प्रशान्त निराैला , ३१ पटक हेरिएको
काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेसले योग्य नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आवेदन खुला गरेको छ। पार्टीले संगठन विस्तार र नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यसहित अनलाइन प्रणालीमार्फत सदस्यता आवेदन दिने व्यवस्था सुरु गरेको हो।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबार बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपालीलाई सहज रूपमा अनलाइनमार्फत आवेदन दिन सक्ने निर्णय गरेको हो। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा पार्टीको आधिकारिक वेबसाइटमार्फत प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बी.पी. स्मृति भवनमा बसेको बैठकले आवेदन फारम अनलाइनबाटै भर्न सकिने व्यवस्था लागू गरेको जनाएको छ।
पार्टीले नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली तथा पार्टी अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउने सबै योग्य नेपाली नागरिकले सदस्यता लिन सक्ने स्पष्ट पारेको छ। यो व्यवस्था स्वदेश मात्र नभई विदेशमा रहेका नेपालीहरूका लागि पनि लागू हुने पार्टीले जनाएको
प्रकाशित मिति: २०२६-०६-०१ , समय : २१:५०:५७ , ५९ मिनेटutes अगाडि