एचआइभी र फ्लूको औषधि दिएर कोरोना संक्रमितको सफल उपचार

Enepal Patra Pvt. Ltd. , ६८२  पटक हेरिएको

काठमान्डाै २० माघ ।  थाइल्यान्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएका छन् । आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको छ ।

राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले चीनकी ७१ वर्षीया कोरोना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर निको पारेको बताएका छन् । उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो । डाक्टरका अनुसार ती महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको थियो । पछि दुवै औषधिको संयोजन गरेर ती महिलाको उपचार गरिएको हो ।

‘उपचारका लागि आउँदा उनी गम्भीर अवस्थामा थिइन्, तर नतिजा सन्तोषजनक रह्यो । बिरामीको अवस्था ४८ घण्टामै निकै सुधार आयो र परीक्षण गर्दा उनको शरीरमा कोरोनाको संक्रमण नराकात्मक देखियो’ डा। एटिपार्नविचलले भने । अहिले बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिएको अस्पताल स्रोतले बताएको छ ।

अमेरिकी स्वास्थ्य संस्था नेसनल इन्स्टिच्युट एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा। एन्थोनी फोसीले कोरोना भाइरसको उपचारका लागि अहिलेसम्म प्रभावकारी औषधि नभएको केही समयअगाडि बताएका थिए । बेइजिङका अस्पतालहरुले एचआइभी संक्रमितलाई दिने औषधिको प्रयोग गरेर कोरोना संक्रमितको उपचार सफल भएपनि यो अस्पष्ट रहेको बताएका छन् ।

सिएनएन डट कमबाट

प्रकाशित मिति: २०२०-०२-०३ , समय : २१:२८:१५ , ४ वर्ष अगाडि