प्रशान्त निराैला , ६ पटक हेरिएको
काठमाडौं, ८ बैशाख । भारत र रुसबीचको रेसिप्रोकल एक्सचेन्ज अफ लजिस्टिक सपोर्ट रक्षा सम्झौता लागू भएको छ।
यस सम्झौता अन्तर्गत, दुवै देशले एकअर्काको भूभागमा ३,००० सम्म सेना तैनाथ गर्न सक्नेछन्। यसले पाँच युद्धपोत र १० सैन्य विमान तैनाथ गर्न पनि अनुमति दिन्छ।
दुवै देशका सेनाले एकअर्काको सैन्य अड्डा, हवाई अड्डा र बन्दरगाह प्रयोग गर्न सक्षम पाउने छन्, जसले गर्दा दीर्घकालीन सैन्य तैनाथी र सञ्चालनलाई सहज बनाउनेछ।
सम्झौतामा रसद सहयोग, इन्धन, पानी, मर्मत, प्राविधिक स्रोत र अन्य आवश्यक आपूर्तिहरू पनि समावेश छन्। विमानहरूको लागि हवाई ट्राफिक नियन्त्रण र उडान सम्बन्धित सेवाहरू पनि प्रदान गरिनेछ ।
यो सम्झौता फेब्रुअरी २०२५ मा हस्ताक्षर गरिएको थियो र डिसेम्बर २०२५ मा रूसले अनुमोदन गरेको थियो। यो पाँच वर्षसम्म लागू रहनेछ, जुन आपसी सहमतिमा विस्तार गर्न सकिने जनाईएको छ ।
यद्यपि, यो सम्झौता युद्धको लागि होइन् । यो शान्तिकालीन तालिम, संयुक्त अभ्यास र रसद सहयोगको लागि मात्र प्रयोग गरिनेछ।
यो सम्झौतालाई भारत र रूस बीचको रणनीतिक साझेदारीलाई सुदृढ पार्न, दुई देशहरू बीचको सैन्य समन्वय र सहयोगलाई अझ बढाउन एक महत्वपूर्ण कदम मानिन्छ।
प्रकाशित मिति: २०२६-०४-२१ , समय : ०९:५५:११ , २ घन्टा अगाडि