चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरुले गरे एसोसिएसन गठन

Enepal Patra Pvt. Ltd. , ५९५  पटक हेरिएको

काठमाडौं २३ पूस । प्राकृतिक चिकित्सा तथा योग हस्पिटल एसोसिएसन नेपाल गठन गरिएको छ । मंगलबार प्राकृतिक चिकित्सा तथा योग हस्पिटल सञ्चालकहरुले एसोसिएसन गठन गरेका हुन्।

एसोसिएसनको अध्यक्षतामा सुदर्शन बस्नेत रहेका छन् । अन्य १२ सदस्यीय कार्यसमिति रहेको छ। एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा डा जनकबहादुर बस्नेत, उपाध्यक्षहरुमा डा दीपा पाण्डे, डा रविनलाल श्रेष्ठ, हरि सापकोटा, माहासचिव रुपेश अधिकारी र कोषाध्यक्षमा डा आनन्द गैरे रहेका छन्।

त्यस्तै सदस्यहरु डा ऋषिराज बराकोटी ९क्षीतिज०, डा आयुषा अधिकारी, नमिता न्यौपाने, धुव्र घिमिरे, सरस्वती पन्थी भुषाल र शिव अधिकारी रहेका छन्।

प्राकृतिक चिकित्सा तथा योग अस्पताल क्षेत्र अन्तर्गत रहेका विभिन्न संस्था तथा अस्पताललाई एक पेसागत संस्था आवश्यकता भएको भन्दै एसोसिएसन गठन गरिएको जनाइएको छ।

प्रकाशित मिति: २०२०-०१-०८ , समय : १४:१४:०७ , ४ वर्ष अगाडि