जाँते बजारमा भोलि ३० गते रक्तदान कार्यक्रम हुने

इनेपालपत्र , ३४  पटक हेरिएको

लेटाङ, २९ चैत । नेपाल रेडक्रस सोसाईटी जाँते उपशाखा लेटाङ मोरङ द्वारा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । चैत ३० गते स्थानिय लेटाङ ८ जाँते बजारमा कार्यक्रम राखिएको छ ।
लेटाङ नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी मोरङ जिल्ला शाखाको प्राबिधिक सहयोगमा हुन लागेको कार्यक्रममा स्थानिय सुर्योदय युवा क्लब र सकृय युवा क्लबको समेत सहयोग रहनेछ ।
एक स्वास्थ मानिसले ३ महिनमा एकपटक रगत दान गर्न सकिने जाँते रेडक्रस जाँतेका सभापति प्रेम खड्काले बताउनुभयो । उहाँले सबै रक्तदातालाई रगत दान गर्न आह्वान समेत गर्नुभयो ।
गत बर्ष समेत उक्त संस्थाले रक्तदान कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति: २०२४-०४-११ , समय : १०:२८:३४ , ४ हप्ता अगाडि