आइसिसी लिग–२ : नेदरल्याण्ड्सविरूद्ध नेपाल बलिङ गर्दै

रासस , ९०  पटक हेरिएको

काठमाडौँ, ५ फागुन । आइसिसी लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्ड्सविरूद्ध बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
नेदरल्याण्ड्सले केहीबेर अघिसम्म १८ ओभरमा तीन विकेट गुमाएर ६१ रन बनाएको छ । नेदरल्याण्ड्सका माइकल लेभिट, म्याक्स ओडाउड र स्याब्राण्ड ऐङ्गेलबे्रेक्ट पवेलियन फर्केका छन् । लेभिटलाई सोमपाल कामीले आउट गरे । उनले तीन बलको सामना गरेपनि रन भने बनाउन सकेनन् । यस्तै ओडाउडले २१ बलमा १० रन बनाए । उनी रन आउट भए । यसैगरी ऐङ्गेलबे्रेक्ट ३५ बल खेल्दै २३ रनमा आउट भएका छन् । उनलाई ललितनारायण राजवंशीले आउट गरेका हुन् ।
नेदरल्याण्ड्विरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीलाई नेपाली टोलीमा समावेश गरिएको छ । नेपाली टोलीमा रोहितकुमार पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिलकुमार साह, भीम सार्की, गुल्सन झा, सोमपाल कामी, ललितनारायण राजवंशी र देव खनाल रहेका छन् । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-१७ , समय : ११:०५:३३ , २ महिना अगाडि