आज क्रिसमस डे मनाउदै

ईनेपालपत्र , ८६  पटक हेरिएको

लेटाङ, ९ पुस । इशाई धर्मावलम्बीहरुले आफ्नो महान पर्व ‘क्रिसमस डे’ आज मनाउदैछन । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउनछन ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिनुभएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसका अवसरमा नेपालका ठुला सहरहरु काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरा, धरान , बिराटनगर लगायत स्थानमा विशेष रौनक छ । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।

प्रकाशित मिति: २०२३-१२-२५ , समय : ०७:३८:२२ , ४ महिना अगाडि