साहसी पर्यटकलाई खुम्बु

सन्तोष राउत , ५४४  पटक हेरिएको

साेलु १७ पूस । सर्वोच्च शिखर सगरमाथाको काखमा संसारकै ध्यान खिच्न सफल खुम्बु साहसिक पर्यटकको अब्बल नमुना हो । सगरमाथाको पहिलो सफल आरोहणको ६६ वर्षसम्म आइपुग्दा खुम्बुले पर्यटन रत्याउन ठूलो कसरत गरेको छ र वरपर अन्य पर्यटकीय स्थललाई पनि यसैतर्फ समेट्दै अघि बढेको छ ।

खुम्बु क्षेत्रको आकर्षण सगरमाथामै मात्र सीमित छैन । विश्वको चौथो अग्लो शिखर ल्होत्से ९८,५१६ मिटर० र छैटौँ अग्लो हिमालचोयू ९८,१८८ मिटर० पनि सगरमाथा रहेको खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङ्खलामै छन् । यसबाहेक खुम्बु क्षेत्रमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको रामसार क्षेत्रमा सूचीकृत गोक्योलगायतका ताल, हिउँचितुवा र हाब्रेलगायतका दुर्लभ हिमाली जनावर आकर्षणका कुरा हुन् भने लार्केलापास ९५,१३५ मिटर०, रेन्जोलापास ९५,३४५ मिटर०, चोलापास ९५,४२० मिटर०, कोङ्मालापास ९५,५३५ मिटर०जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् ।

सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला चुमेपछि नै सगरमाथाको प्रसिद्धि संसारभर फैलिन थालेको हो । हवाईमार्गको गन्तव्य लुक्ला संसारकै उच्च क्षेत्रमा रहेको मध्येको विमानस्थल हो । पर्यटकीय सिजनमा ६५÷७० वटासम्म जहाजले उडान भर्ने लुक्ला देशकै सबैभन्दा व्यस्त आन्तरिक विमानस्थल पनि हो ।
यसै खुम्बु क्षेत्रको विश्वसम्पदामा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्जले सार्क राष्ट्रका पर्यटकबाट एक हजार पाँच सय रुपियाँ र अन्य मुलुकका पर्यटकबाट तीन हजार रुपियाँ प्रवेश शुल्क लिन्छ । पछिल्लो समयमा नेपाली पर्यटकबाट पनि एक सय रुपियाँ प्रवेश शुल्क लिन थालिएको छ । यसबाहेक खुम्बु पासाङल्हामू गाउँपालिकाले पनि विदेशी पर्यटकबाट प्रतिव्यक्ति दुई हजार रुपियाँ प्रवेश शुल्क उठाउन थालेको छ ।

जाने तरिका

काठमाडौँबाट लुक्ला जान दुई उपाय छन् । एउटा हवाई अर्को हिँड्ने । विदेशी पर्यटकले काठमाडौँदेखि लुक्लासम्मको दुईतर्फी हवाई भाडाबापत करिब ३६० अमेरिकी डलर खर्च गर्नुपर्छ । यस हिसाबले पदयात्राका लागि उनीहरूले जम्माजम्मी सात सय डलर जति खर्च गर्छन् । अब लुक्लासम्म मोटरबाटो पुग्ने क्रममा रहेकाले न्यूनतम खर्च पनि नगर्ने पर्यटकको सङ्ख्या बढ्दै जानेछ । केही वर्ष पहिलेसम्म खुम्बु क्षेत्रको पदयात्राको प्याकेज एक हजार आठ सय अमेरिकी डलरसम्ममा बिक्री हुन्थ्यो, जुन अहिले एक हजार डलरमा आइपुगेको छ ।कुनैबेला खुम्बु क्षेत्रको पदयात्रा दोलखाको जिरीबाट सुरु हुन्थ्यो । जिरीसम्म गाडीमा जाने र त्यहाँबाट भण्डार, सेटे, जुनबेँसी, नुनथला, बुक्सा, सुर्केहुँदै लुक्ला पुगिन्थ्यो । पछिल्लो समय जिरीबाट सुरु हुने पदमार्ग बन्द नै भएको छ । अहिले पर्यटक हवाईजहाजमा लुक्ला पुग्छन्, त्यहीँबाट पदयात्रा सुरु गर्छन् ।

लुक्ला सडक सञ्जालसँग जोडिएसँगै स्वदेशी पर्यटकले हवाई भाडाबापत तिर्ने ११ हजार रुपियाँ र विदेशी पर्यटकको ३५० अमेरिकी डलर पाँच हजारमा झर्नेछ । अहिले खुम्बु क्षेत्रमा खाद्यान्नलगायतका सबै सामग्री भरिया वा जनावरले बोकेर लैजानुपर्छ । यही कारण ढुवानी भाडा बढ्ने हुँदा सामानको मूल्य महँगो हुन्छ । यद्यपि, गाउँपालिकाले सडक सञ्जालसँग जोडिनुअघि नै निजी क्षेत्रसँगको सहकार्यमा चौँरीखर्कदेखि नाम्चेसम्म ‘रोपवे’ निर्माण गर्ने योजना बनाएको छ । गत वर्षदेखि लुक्ला जानका लागि रामेछापको मन्थलीबाट उडान राखेपछि पर्यटकले झन्झट मान्ने गरेका छन् । खुम्बु पासाङल्हामू गाउँपालिकाभित्रै रहेको स्याङ्बोचे विमानस्थल वर्षौंदेखि बन्द छ । नागरिक उड्डयन प्राधिकरणले स्याङ्बोचे विमानस्थलको स्तरोन्नति र क्षेत्र विस्तार गर्न खोज्दा सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा परेको लगायतका कारण देखाउँदै बन्द गरिएको हो ।

जनजीवन पनि आकर्षक

खुम्बुमा विश्वको तेस्रो धुव्र र संसारकै छानोका रूपमा रहेको सगरमाथाबाहेक अग्लो स्थानका होटल, अग्लो स्थानको एयरपोर्ट र धेरै धार्मिक क्षेत्र पनि छन् । यस हिमालय रेन्जमा ल्होत्से, नुप्से, चोयू, आमादब्लम, पुमोरी, थामसेर्कु आदि अनेकौँ चुचुरा छन् । विश्वकै चर्चित खुम्बु आइसफल पनि यहीँ पर्दछ । कालापत्थरसहित सगरमाथा आधारशिविर अधिकांशको चुनौतीपूर्ण गन्तव्य स्थल बन्दछ । लुक्ला, फाक्दिङ, मञ्जो, नाम्चे, खुम्जुङ, खुन्दे, तेङ्बोचे, फोर्चे, पाङ्बोचे, फिरिचे, दिङ्बोचे, थामे, गोक्यो, लबुचे, गोरकसेप आदि यस क्षेत्रका मुख्य बसोबास स्थल हुन्, जुन पर्यटकीय रूपमा आकर्षक मानिन्छन्, हिमालयन म्याजिक ट्रेक्सका प्रबन्धनिर्देशक तथा युवा पर्यटन व्यवसायी नवीन कार्कीले भन्नुभयो । अधिकांश शेर्पा जातिको बसोबास रहेको यस क्षेत्रमा शेर्पासँग सम्बन्धित भाषा, संस्कृति, बौद्ध धर्मावलम्बीको पहिचानको उत्कृष्ट नमुना छ । तेङ्बोचे गुम्बा, थामे गुम्बा, पाङ्बोचे गुम्बा, रिमिजुङ गुम्बा, खरिखोलागुम्बालगायत महìवपूर्ण गुम्बाहरू आस्थाको धरोहरका रूपमा रहेको उहाँले बताउनुभयो ।

कति दिन घुम्ने

खुम्बु क्षेत्र घुम्नका लागि १२ दिन वा १४ दिनसम्मको प्याकेज बनाउँदा उत्तम हुने उहाँको सुझाव छ । जसका लागि विदेशी पर्यटकले एक हजार छ सय डलरसम्म तिर्नु पर्दछ भने आन्तरिक पर्यटकले १३ हजार रुपियाँ टिकट भाडा र दैनिक तीन हजार पाँच सय रुपियाँ खर्च गर्नुपर्दछ ।धेरै पर्यटकलाई भिœयाउन नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रमहरू तयार भइरहेको गाउँपालिका प्रमुख ङिमदोर्जी शेर्पा बताउनुहुन्छ । आर्थिक वर्ष २०७५÷७६ मा खुम्बु क्षेत्रमा सार्क तथा तेस्रो मुलुकका करिब ५८ हजार पर्यटकले भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति: २०२०-०१-०२ , समय : १०:३८:२६ , ४ वर्ष अगाडि