आइतबारे अस्त्रले जित्यो १ लाख ११ हजार

इनेपालपत्र , १०३  पटक हेरिएको

गोपाल काफ्ले

पथरी, २५ कार्तिक । पथरी शनिश्चरे प्रीमियर लिगको उपाधी आइतबारे अस्त्रले उचालेको छ । गोर्खा लिजेण्ड माथी ६ बिकेटले जित निकाल्दै आइतबारे अस्त्र च्याम्पियन बनेको हो । फाइनल खेलमा आइतबारे अस्त्रका नृत्य खडोलियाको सतकिय प्रहार गरेका थिए ।

टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १४९ रन बनायो । गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबारेको जितमा दिपेश भण्डारीले ३, दिपक नेपालीले २ र अभिषेक बिकले १ बिकेट लिए ।
१५० रनको लक्ष्य लिएर मैदान उत्रीएको आइतबारेले १५ ओभर ४ बलमा ४ बिकेट गुमाएर लक्ष्य पूरा गर्यो । जसमा खडोलियाले अबिजित ११० रन बनाए । मंगेश राईले अबिजित १४ रन बनाए । गोर्खाका आभाष पाहिम र फडेन्द्र पौडेलले समान २र२ बिकेट लिए ।

 

बिधागत तर्फ पनि आइतबारेका खेलाडी हाबी भए । उत्कृष्ट फिल्डर र म्यान अफ दि टुर्नामेन्टको आइतबारेका मोहम्मद निशार उत्कृष्ट बिकेट किपर आइतबारेकै नृत्य खडोलिया, प्रभाशाली खेलाडिमा आइतबारेका दिपेश भण्डारी घोषित भए । उत्कृष्ट बलर बिरेन्द्रनगर स्टिल टाइगरका सुदिप चौधरी, उत्कृष्ट ब्याटमेन गोर्खाका राज पालुङा, र उदयमान खेलाडीमा बुद्ध युनाइटेडका सौरब बस्नेत घोषित भए । फेयर प्ले उपाधी बिरेन्द्रनगर स्टिल टाइगरले जित्यो ।

 

बिजेता आइतवारे अस्त्रले नगद १ लाख ११ हजार रुपयाँ र ट्रफ्री जित्दा उपबिजेता गोर्खाले ७१ हजार रुपयामा चित्त बुझायो । बिजेता र उपविजेता टिमलाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले नगद तथा ट्रफ्री प्रदान गर्नु भएको छ ।
पहिलो संस्करणको उपाधी रोयल किङले जितेको थियो भने दोश्रो र तेश्रो संस्करणको उपाधी सातबाघले जितेको थियो । समापन कार्यक्रममा क्रीकेटको सुचना सम्प्रेषणमा महत्त्वपूर्ण भुमीका खेलेका संचारकर्मी अर्जुन काफ्लेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२३-११-११ , समय : २०:१७:०४ , ६ महिना अगाडि