डा. नम्रता पाण्डे

जीवन बिताउनु र जीवन बाँच्नु फरक कुरा हुन् । जीवन कसरी बाँचिन्छ, त्यो विरलै मानिसलाई मात्र थाहा होला । अन्यथा अनेक प्रपञ्चले जीवन बितिरहेको छ तर बाँचिएको छैन । जीवनमा भित्रबाट आनन्द अनुभूति नभएसम्म भय, लोभ, देखावटी र संशयमा जीवन बितिरहेको हुन्छ ।

भौतिक सम्पन्नता, नाम र पद्वीका लागि कठिन विधिहरू होलान्, जीवन बाँच्नका लागि तर आनन्दित जीवन बाँच्ने हो भने सरल सूत्रहरू अपनाए पुग्छ । स्वस्थ जीवनशैली, सेवापूर्ण भाव र अविचलित मन नै आनन्दित जीवन बाँच्ने तरिका हुन् । त्यसैले केही सूत्रहरूलाई अपनाएर आनन्दित जीवन बिताउने प्रयास गरौँ ।

बेलुकाको खाना आधा गर्ने

भनिन्छ नि बिहानको खाना राजाले झैँ खानु, दिउँसोको खाना राजकुमारले झैँ खानु र बेलुकाको खाना गरिबले झैँ खानु । दिनभर शारीरिक श्रम हुनाले बिहान खाएको खाना सजिलै पच्छ तर बेलुका खाना खाएपछि खासै शारीरिक श्रम नपर्ने र विश्राम अर्थात् निद्रामा जाने हुँदा बिहानको जति खाना बेलुका ग्रहण गर्दा पाचन क्रियामा असर पर्छ । शक्ति प्राप्तिका लागि खाना खाइन्छ र त्यो शक्ति परिश्रमका लागि हुनुपर्छ । खाने तर परिश्रम नभएमा खाना रोग बनेर बस्छ । त्यसैगरी, खाना मीठो, तेलीय र मसलेदारभन्दा पनि साŒिवक भोजन ग्रहण गर्ने बानी बसाल्न सके जीवनमा रोग निम्त्याउनुपर्दैन । यति सरल उपाय अपनाएर शरीर स्वस्थ राख्यौँ भने आनन्द कहाँ हराउँछ र ?

दैनिक चार – पाँच लिटर पानी पिउने

जसरी पृथ्वीमा तीन भाग पानी र एक भाग जमिन छ, त्यसैगरी मानिसको शरीरमा पनि तीन भाग पानी छ । मानव शरीरमा ७० प्रतिशत पानी हुन्छ । त्यसैले दैनिक आवश्यक मात्रामा पानी पिउन सकिएन भने शरीरमा जम्मा भएका विषाक्त, टक्सिनयुक्त कुराहरू बाहिर निस्कन पाउँदैनन् । अक्सिजन प्राप्तिका लागि पनि दैनिक आवश्यक मात्रामा पानी पिउनैपर्ने हुन्छ । जाडो होस् वा गर्मी सकेसम्म उमालेर मनतातो पानी पिउनु स्वास्थ्यका लागि सर्वोत्तम हुन्छ । पाचन क्रियालाई सशक्त राख्न, हाडजोर्नीसम्बन्धी समस्याबाट बच्न र शरीरको विषाक्त तŒवलाई बाहिर फ्याँक्न पानी नै पहिलो औषधि हो । तरल पदार्थको नाममा पिउने कफी, चिया, सोडा, गुलिया रसायन मिसिएका जुस, मादक पदार्थले पानीको काम गर्दैनन् । यिनले स्वास्थ्यमा नकारात्मक असर गर्छन् भन्ने बोध हुनुपर्दछ । शुद्ध पानी पिएर शरीर स्वस्थ रहन्छ भने किन नगर्ने रु शरीर स्वस्थ नभईकन आनन्द कहाँबाट आउँछ ?

हाँसोलाई तेब्बर गर्ने

हाँस्ने, मुस्कुराउने व्यक्ति सामुन्ने देख्दा अन्यलाई पनि आनन्द आउँछ । हाँस्दा शरीरका कोषकोषिकाहरू सक्रिय हुन्छन् भने रिसाउँदा शरीरका कोषिका निष्क्रिय हुन्छन् । मुस्कुराउँदा अनुहारका १३ वटा र रिसाउँदा ६४ वटा मांसपेशीको प्रयोग हुन्छ भनिन्छ । त्यसैले मुस्कुराउँदा ऊर्जा प्रवाहित हुन्छ भने रिसाउँदा ऊर्जा नाश हुन्छ । हाँसो एउटा महŒवपूर्ण थेरापी हो, स्वस्थ, खुसी र आनन्दित जीवनका लागि । हरपल हाँस्ने कसरी रु यसको सरल उपाय छ, दैनिक गर्ने प्रत्येक कर्म अगाडि मुस्कुराउने । बिहान उठ्नासाथ मुस्कान फैलियोस् अनुहारमा । पानी पिउँदा गिलास समाउनुअगाडि मुस्कुराउने, फोन उठाउनुअगाडि, हात मिलाउनुअगाडि, नमस्कार गर्नुअगाडि मुस्कुराउने, भान्साका काम हुन् वा कार्यालयका काम मुस्कानबाट सुरू गर्नुपर्छ । कुराकानीको सुरूवात मुस्कानबाट गर्नु राम्रो उपाय हो । कसैसँग अथाह सम्पत्ति र उच्च पद भएर पनि मुस्कुराउन जानेको छैन भने के अर्थ रहला रु हरेक व्यक्तिले हरेक कर्म मुस्कुराएर गर्न कुनै आपत्ति हुँदैन । मुस्कुराउने बानीले प्रेम, स्वास्थ्य, सम्बन्ध, सकारात्मकता, खुसी, सुख र आनन्दको ढोका खोलिदिएको हुन्छ । मुस्कानमा हुने सुन्दरता र आकर्षण अरू केमा होला र रु

सेवाभावलाई चौब्बर गर्ने

‘सेवा हि परमो धर्म’ आपतमा परेका र आवश्यक परेकालाई सहयोग गर्नु नै धर्म हो । जसमा सेवाभाव र करूणा छैन, उसको जीवनमा आनन्द कुन द्वारबाट प्रवेश गर्ला रु जीवनभरको कमाइ र सम्पन्नताको केही प्रतिशत समय, धन र मन सेवामा लगाउन जानिएन भने अरू के जान्दछौँ हामी रु जानेको के अर्थ रु समाजका परोपकारी काममा सेवाका हातहरू बढाउन सकिएन भने मानवताको उदाहरण केबाट दिने रु शिक्षा, स्वास्थ्य, योग, ध्यान, जीवनशैली सुधार, उत्प्रेरणा प्रदान गर्ने कार्यजस्ता जति पनि सकारात्मक ऊर्जा बाँड्न र फैलाउन सक्ने अवसर आउँछन् भने त्यसमा पछि पर्नुहुँदैन । मै खाऊँ, मै लाऊँको भावना हटाएर उदारता र प्रेमको उदाहरण प्रस्तुत गर्ने माध्यम नै सेवाभाव हो र यसलाई बढाउँदै जाने कला महत्वपूर्ण हो ।

व्यायाम पाँच गुणा बढाउने

शरीर जति चलायमान भयो त्यति ठीक र मन जति स्थिर भयो त्यति ठीक भनिन्छ । मानव शरीरको बनोट, मांसपेशी र हाडजोर्नीहरूको काम, महत्व र यसले स्वास्थ्यमा पार्ने सिधा असरलाई ख्याल गर्ने हो भने आरामभन्दा धेरै व्यायामको जरूरत पर्दछ । शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपले नै स्वस्थ, मस्त र आनन्दित रहन व्यायाम आवश्यक छ । मनलाई एकाग्र बनाउन, मुटुको धड्कनलाई निरन्तरता दिन, हाडजोर्नीलाई मजबुत बनाउन, शरीरको वजनलाई सन्तुलनमा राख्न, आकर्षण देखिन र बाँचुन्जेल निरोगी र आनन्दित भएर बाँच्नलाई व्यायामको विकल्प छैन । जसले व्यायामको कला र महŒव जानेको छैन उसले कसरी आनन्दित जीवन बाँच्ला ?

आहा ! भावलाई छ गुणा कायम राख्ने
जस्तोसुकै परिस्थिति आओस् आहा भनेर स्वीकार्नु र ओहो भनेर आत्तिनु उस्तै ऊर्जाको खर्च गर्नु हो तर ओहो भन्दा मन अत्तालिन्छ, भएको कार्यक्षमता र विश्वाससमेत नाश हुन्छ भने आहा भन्दा सकारात्मक ऊर्जा फैलिन्छ । काम नै बिग्रे पनि, व्यापार व्यवसायमा घाटा लागे पनि, पदोन्नति रोकिए पनि, छोराछोरीले राम्रो अङ्क नल्याए पनि कर्मको परिणाम आइसकेपछि दुःख मानेर के फाइदा रु आहा यस्तो भएछ, अबदेखि राम्रो गरौँ, गर्छु, राम्रो होस् भन्ने सकारात्मक ऊर्जा र मीठो वाणीबाट काम गर्न सकियो भने जीवनमा कसरी आनन्द आउँदैन रु

प्राणायामलाई सात गुणाले बढाउने

प्राणको विस्तार प्राणायाम हो । व्यक्ति जब जन्मिन्छ तब गहिरो श्वास लिन्छ र जब मृत्युको समय आउँछ बिस्तारै श्वास छोडिदिन्छ । त्यसैले पनि प्रमाणित हुन्छ कि मानिसको प्राण नै श्वास हो । त्यसैले समयअनुसार श्वास गहिरो, ढिलो लिने, कहिले मन्द स्वस्फूर्त । यसको गतिलाई ध्यान दिँदै लिने र छोड्ने प्रक्रिया नै प्राणायाम हो । सकेमा एक मिनेटमा पाँच÷सातपटक श्वास लिने छाड्ने गर्ने र नसकेमा १०÷१२ पटक कायम राख्ने । यसले शरीरमा अक्सिजनको सञ्चार गर्छ, चिन्तामुक्त गराई शरीरलाई सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै मन शान्त बनाउँछ । जन्मदेखि मृत्युसम्म प्राणायाम चलिरहन्छ । हामी कुन अनुशासनले श्वासप्रश्वास गर्छौं, प्राणायाम गर्छौं, त्यसले हाम्रो स्वभावको परिचय दिन्छ । काम गर्दागर्दै, यात्रा गर्दागर्दै पनि बीचबीचमा दुई÷चारपटक लामो गहिरो श्वास लिने छाड्ने गर्दा पनि थकान मेटिन्छ र शरीरमा स्फूर्ति प्राप्त हुन्छ । श्वासको नै ख्याल छैन भने जीवन कसरी आनन्दित होला ?

ध्यानलाई आठ गुणाले वृद्धि गर्ने

हरेक समस्याको समाधान ध्यान हो । सिर्जनात्मक हुनु, खेलपूर्ण हुनु, सजग रहनु, आफ्नो स्वभावमा बाँच्नु, आफूलाई चिन्नु र मनलाई स्थिर राख्ने माध्यम ध्यान हो । अनियन्त्रित विचार शृङ्खलालाई जान्नु, त्यसबाट बच्नु र आफ्नो परम चैतन्यको बोध गर्नु ध्यान हो । यो कला जीवनमा उतार्न सकिएन र सकिँदैन भने आनन्दित जीवनको कल्पना नगरे पनि हुन्छ ।
लेखक सामाजिक परामर्शदाता हुनुहुन्छ ।०

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.