प्रशान्त निराैला , ५ पटक हेरिएको
काठमान्डाै, २७ फागुन । २१ फागुनमा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै नेपालको संसदीय राजनीतिमा ६ वटा राजनीतिक दलले ‘राष्ट्रिय दल’को मान्यता प्राप्त गरेका छन्। यसपटकको निर्वाचनमा पुरानो विरासत बोकेका पाँच दलसँगै हर्क साम्पाङ नेतृत्वको नयाँ शक्ति ‘श्रम संस्कृति पार्टी’ले पनि राष्ट्रिय दलको रूपमा आफ्नो उपस्थिति दर्ता गराएको छ। प्रत्यक्षतर्फ ३ सिट जित्दै र समानुपातिकतर्फ ३ प्रतिशतको कानुनी ‘थ्रेसहोल्ड’ कटाउँदै यो पार्टीले पहिलो प्रयासमै उल्लेख्य सफलता हात पारेको हो।
नयाँ संसदमा राष्ट्रिय दलको हैसियत बनाउन सफल अन्य दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्। विघटित प्रतिनिधि सभामा पनि राष्ट्रिय दलकै भूमिकामा रहेका यी पाँचै दलले यसपटक पनि आफ्नो साख जोगाउन सफल भएका छन्। निर्वाचन आयोगको संवैधानिक व्यवस्था अनुसार प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने हुँदा अबको संसदमा यिनै ६ दलको निर्णायक भूमिका रहने देखिएको छ।
प्रकाशित मिति: २०२६-०३-११ , समय : १३:४४:४६ , २ घन्टा अगाडि