खेललाई व्यवसायिक वनाउन आवश्यक

रबिन श्रेष्ठ , ११६३  पटक हेरिएको

 

लेटाङ ३ माघ ।  लेटाङ सहित नेपालको खेल जीवन यापन कठिन रहेको वताउदै खेललाई व्यवसायीक वनाउन संघिय ,प्रदेश र स्थानिय सरकारले विशेष कदम चलाउन आवश्यक रहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वताउनुभएको छ । लेटाङ नगरपालिका वडा नं। ८ अधेरीले आयोजना गरेको साविक जाँते गाविस स्तरिय भलिवल प्रतियोगिताको फाईनल सम्पन्न गरेको छ ।
फाईनल प्रतियोगितामा साविक जाँते ५ लालझोडाले साविक वडा नं. ७ अधेरीलाई पराजित गरेको छ । विजय टिमले १५ हजार नगद सहित ट्रफी जितेको छ भने उपविजेताले नगद १० हजार सहित ट्रफि हात पारेको छ । कार्यक्रममा प्रमुख अतिथी रहनुभएको नगरप्रमुख शंकर राई तथा वडा अध्यक्ष भिमप्रसाद पोख्रेलले विजेता तथा उपविजेताहरुलाई पूरस्कार वितरण गर्नुभयो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा नगरप्रमुख राईले खेल संगै लेटाङको समग्र विकासमा नगर पूर्ण रुपमा केन्द्रीत भएको वताउनुभयो । उहाँले लेटाङ नगरपालिकाका विकासमा खेल क्षेत्रका मानिसहरुको भुमिका महत्वपूर्ण रहेकाले खेललाई सवैले मायाँ गर्न जरुरी रहेको वताउनुभयो । पूरुषहरुको खेल प्रतियोगिताहरु भन्दा महिलाहरुका प्रथियोगिता कम हुने भएकाले महिलाहरुलाई खेल क्षेत्रमा अगाडी वढाउन महिलाहरुको खेल प्रतियोगिता गर्न जरुरी रहेको वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिका वडा नं.  ८ का वडा अध्यक्ष भिम प्रसाद पोख्रेलले वडाको समग्र विकासमा आफु केन्द्रीत भएकाले नगर , प्रदेश र संघिय सरकारको सहयोग रहेमा विकासमा अविस्मरणीय काम गर्ने वताउनुभयो । वडा नं. ८ का केही क्षेत्रमा विद्युत र यातायातका साधन पूर्याउन अहिले पनि नसकिरहेकाले यथासिघ्र वजेटको व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य ईन्द्र मावोहाङ , नेपाली कांग्रेसका नगर उपसभापति वालकुमार लिम्बु , नगर सचिव कुवेर पौडेल , वडा सभापति पदम मगर , सहसभापति लोकविक्रम लिम्बु लगायतले कार्यक्रमलाई सम्वोधन गरेका थिए ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : १३:२१:५६ , ५ वर्ष अगाडि