प्रसाईंले छाेडे एमाले , पार्टीमा धनवाद माैलाएकाे आराेप

इनेपालपत्र , २६७  पटक हेरिएको

देवीप्रसाद प्रसाईं पत्रकार सम्मेलनमा बाेल्दै

पथरीशनिश्चरे ,
२६ कात्तिक ।नेकपा एमाले पथरीशनिश्चरेमा फेरि पहिरो गएको छ। एमालेका पुराना कार्यकर्ता देवीप्रसाद प्रसाईँले आज पथरीशनिश्चरेकाे नर्वदेश्वर शिवालय मन्दिरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले एमाले पार्टी परित्याग गरेका छन् । यश अघि पार्टी छाेडेका नेताहरू रामकुमार बस्नेत ,धनकुमार तामाङ ,तुलसीप्रसाद ढकाल सहितको उपस्थितिमा प्रसाईंले पार्टी परित्याग गरेका हुन् ।उनले एमाले पार्टी भित्र अवसरवाद,परिवारवाद,नातावाद र धनवाद पसेको भन्दै पुराना निष्ठावान कार्यकर्ता पार्टी छाेड्न बाध्य भएको बताए ।
उनलेे एमाले उमेदवार भानुभक्त ढकाल लगायतका नेताले गत स्थानीय निर्वाचनमा आफुलाई वडाध्यक्षकाे उमेदवारी फिर्ता लिन लगाएर पनि कुनै अवसर नदिएको बताए । प्रर्साईंले गत स्थानीय निर्वाचनमा वडा न १ बाट बिद्रोह गरि वडाध्यक्षमा उमेदवारी दिएका थिए ।

प्रकाशित मिति: २०२२-११-१२ , समय : १२:२३:२८ , १ वर्ष अगाडि