ट्रक कन्टेनर भित्र एक पुरुषको शव फेला

p , २६४  पटक हेरिएको


सुन्दरहरैचा २४ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित पुर्वपश्चिम लोकमार्गको सडकमा ट्रक कन्टेनर भित्र एक पुरुषको शव भेटिएको छ ।

 

वडा नं ९ स्थित सलकपुर चौकमा रोकेर राखिएको ना ३ ख ४७४३ नं को ट्रक कन्टेनर भित्र एक पुरुषको शव भेटिएको हो । अन्दाजी ३०र३५ वर्षको एक पुरुषको शव ट्रक भित्र सुतिरहेको अवस्थामा फेला परेको हो ।

स्थानियका अनुसार उक्त ट्रक केहि दिन देखि उक्त सडकमा रोकेर राखिएको थियो । शवको पहिचान खुल्न बाँकी छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२२-०८-०९ , समय : ११:२०:५३ , २ वर्ष अगाडि