बाख्रापालन सहकारी द्वारा सार्बजनिक सुनुवाई

प्रशान्त निराैला , ३२२  पटक हेरिएको

कार्यक्रममा सामुहिक तस्बिर खिचाउदै सहकारीका पदाधिकारी तथा सदस्यहरु

प्रशान्त निरौला

लेटाङ, ८ असार । व्यावसायिक महिला बाख्रा पालन सहकारी संस्था लेटाङले सार्बजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

लेटाङ ३ बाख्राबजारको भवनमा आयोजना भएको कार्यक्रममा संस्थाले ०७७/०७८ साल देखि संचालन गर्दै आएको बाख्रा स्रोत केन्द्र स्थापना कार्यक्रमका बारेमा जानकारी दिईएको थियो । संस्थाले १२६ वटा खोर बनाईदिएको , बाख्रा हाट बजार संकलन केन्द्र एउटा निर्माण गरेको , बोका तौलने मेसिन ८२० वटा बिरतण गरेको लगायतका करिब ३० वटा योजनाहरुमा काम गरेको प्रतिबेदन सार्बजनिक गरेको छ ।

परियोजना संचालन गरेको २ बर्सको अबधिमा संस्थाले बाख्रापालन गरिरहेका किसानहरुका लागि ठूलो काम गर्न सफल भएको छ । पशुपंक्षी तथा मत्स्य बिकास निर्देशनालयको सहयोगमा सहकारीले योजना संचालन गरिरहेको छ । सार्बजनिक सुनुवाइ कार्यक्रम लाई लेटाङ नगरपालिकाकी उपप्रमुख तथा कार्यक्रम कि प्रमुख अतिथि कृष्ण कुमारी निरौला , वडा नं. ३ का वडा अध्यक्ष डम्बर राई लगायतले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रम सहकारीकी अध्यक्ष दिलमाया तामाङको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: २०२२-०६-२३ , समय : ०७:३०:३६ , २ वर्ष अगाडि