बुढीगंगामा फुटबल तथा कराँते प्रतियोगिता सम्पन्न

Biratnagar , ३३५  पटक हेरिएको

बिराटनगर, ८ जेठ ।  सप्ताहव्यापी ओलम्पिक डे द्दण्द्दद्द कार्यक्रम अन्तर्गत मोरंगको बुढीगंगा गाउँपालिका ६ सूक्चरस्थित खेल मैदानमा फ़ुटबल तथा कराते प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा सहभागी खेलाडी,सहकार्य संस्था तथा प्रशिक्षकलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीको प्रमाण पत्र हस्तांतरण गरिएको छ । बुढीगंगा फुलबल एकेडेमीबाट अजय भुजेललाई कोचको रुपमा प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष थापाले प्रदेश स्पोर्ट्स फर अल कमिसनसंग सहकार्य गरी छिटै पालिका तथा जिल्ला स्तरीय बृहत् खेलकूद कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै खेल तथा खेलाडिका लागि प्रेरणा र सशक्तिकरण अभियानमा चाहिने आवश्यक पुर्बधार बिकास तथा आर्थिक विनियोजन गर्ने समेत वाचा व्यक्त गर्नु भएको छ । कार्यक्रमको संयोजन नेमुवा डोजो र नेपाली कांग्रेस बुढीगंगा गरेको थियो ।

प्रतियोगिता आयोजक स्पोर्ट फर अल कमिसन प्रदेश १ का उपसंयोजक रन्जन ओझाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा उक्त कमिसनका सहसचिव दीपक गुरुंग, बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदार, नेपाली कांग्रेस गा।पा। कार्यवाहक सभापति कुमार चन्द चौधरी, प्रशिक्षक कुमार माँझी, अजय भुजेल, युवा अभियन्ता सरण डांगी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-२२ , समय : ११:५७:५२ , २ वर्ष अगाडि