तीन वटा आयोजनाको अनुगमन

Enepal Patra Pvt. Ltd. , ७३३  पटक हेरिएको

पथरीशनिश्चरे, १९ जेठ ।

स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरीशनिश्चरे नगरको योजना अनुगमन् टोलीले आज ३ वटा योजना अनुगमन् गरेको छ ।

उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू र प्राविधिक दीपक आचार्य सहितको टोलीले योजना अनुगमन् गरेको हो ।

चौतारी सामुदायिक वन उपभोक्ता समूहले निर्माण थालेको वडा नम्बर २ स्थित वोक्रेचोक उत्तरपूर्वको पैनीमा स्लाब लगाउने कार्यका लागि नगरले केही रकम विनियोजन गर्ने भएपछि सोको अनुगमन् गरिएको छ । त्यस्तै, वडाको १ लाख बजेटबाट वडा नम्बर ३ मा बक्राहा मलामी घाट जाने स्वर्गद्वारी मार्ग बाटो ग्राभेल र पुलमा पंखा थप गर्ने कार्यको पनि अनुगमन् भएको छ ।

त्यसैगरी, वडा नम्बर १० स्थित अमरहाट बजारबाट त्रिवेणी चोक जोड्ने सडकमा २५ लाखको लागतमा एउटा कल्भर्ट, केही वाल, रोलिङ सहितको ग्राभेलिङ कार्यको पनि अनुगमन् भएको छ । स्टोन म्याटनरी वाललाई थप व्यवस्थित गर्न अघिल्लो पटक दिइएको सुझाव अनुरुप योजना सम्पन्न भएको हो ।

टोलीले ती वडाहरुमा कोरोनाबाट बच्न जारी गरेको निषेधआज्ञा पालना भए नभएको अवस्थाको पनि सँगसँगै अनुगमन् गर्दै फाटफुट खुलेका पसलहरु वन्द गराएको छ ।

प्रकाशित मिति: २०२१-०६-०२ , समय : २०:२२:३४ , ३ वर्ष अगाडि