सुकुम्बासी समस्याकाे विषय उठान नगर्न मन्त्री ढकालकाे आग्रह

Enepal Patra Pvt. Ltd. , ९०२  पटक हेरिएको

कानेपाेखरी ,६ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले सुकुम्बासी समस्याको स्थायी समाधान हुने बताउनु भएको छ ।
मोरङको कानेपोखरीमा नेकपा कानेपोखरीद्वारा आयोजित अन्तरक्रिया एवं कार्यकर्ता भेलामा बोल्दै मन्त्री ढकालले यस्तो बताउनु भएको हो । सरकार रहे पनि नरहे पनि अब सुकुम्बासी समस्या स्थायी रुपमा हल हुने दाबी गर्दै उहाँले कानून निर्माण भइसकेकोले अब कुनै बहानामा पनि काम नरोकिने उल्लेख गर्नुभयो । विगतमा नेकपा कै केही साथीहरूले कारोनाको बेला कानून निर्माण र जग्गा बाड्ने आयोग निर्माण गर्न नदिएको संस्मरण गर्दै मन्त्री ढकालले बाहिर आयो ,दुई तिहाईको सरकारले केही गरेन भन्ने अनि भित्र पसेर काम गर्न नदिने प्रवृत्तिले पार्टीमा सङ्कट उत्पन्न भयाे,उहाँले भन्नुभयो । यही शैलीले सरकारलाई असहयोग गरेकोले तोकिएको समयमा कानून निर्माण गर्न नसकिएको उहाँको भनाई थियो ।
अबको एक दशक मौलिक हक सम्बन्धी यो चाँही कानूनको अभाव भयो भन्नु नपर्ने गरी कानून बनाएको उल्लेख गर्दै बनेका कानून कार्यान्वन गर्न सबैको साथ सहयोगको खाँचो ओैंल्याउनु भयो । मन्त्री ढकालले देशभर पार्टीमा तरङ आउँदा पनि कानेपोखरीमा कुनै प्रकार समस्या नदेखिएको भन्दै पार्टीलाई एक ढिक्का राख्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो । भोट भएर मात्र चुनाव जित्न नसकिने बताउँदै उहाँले स्थानीय निर्वाचनमा पथरीशनिश्चरे र कानेपोखरीमा नेकपा एमाले र माओवादीको मत जोड्दा दोब्बर बढी भए पनि प्रदेश सभामा चुनाब हारेको बताउनु भयो । आफू जनप्रतिनिधि भएपनि अहिले जनप्रतिनिधिको हिसावले नआएको उल्लेख गर्दै मन्त्री ढकालले सबै कार्यकर्तालाई अब चुनाबमा लाग्न आग्रह गर्नुभयो । तीन वर्षको आफ्नो काम प्रति आफू पूर्ण रुपमा सन्तुष्ठ रहेको मन्त्री ढकालको भनाई थियो । नेकपा कानेपोखरीक अध्यक्ष भोलाप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मोरङका सल्लाहकार एवं कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बोल्नु भएको थियो ।
कार्यक्रम कानेपोखरी–६ स्थित रमाइलो साकोसको सभा हलमा भएको थियो ।

प्रकाशित मिति: २०२१-०२-१८ , समय : २०:५७:०३ , ३ वर्ष अगाडि