भ्रष्ट सरकारको पैसा कमाउने मौका

Enepal Patra Pvt. Ltd. , १८७६  पटक हेरिएको

पूण्य सापकोटा

लेटाङ २० चैत । विश्वभर फैलिरहेको नोवेल कोरोना भाईरस(कोभिड –१९)का कारण नेपाल लक डाउनमा छ । नेपालमा लकडाउनका कारण हामि सवैले घर घरमा बसेर यो रोग नियन्त्रणका लागि सहयोग गरिरहेका छौ ।
सरकार कोरोना बाट बच्नका लागि विभिन्न उपाय जनतालाई दिईरहेको छ जुन करिब ५० दिन ढिला भईसकेको छ ।

कोभिड १९ ले विश्व आतंकित बनेको छ । बैज्ञानिकहरु यो रोगको उत्पति र नियन्त्रणका लागि निचोडमा पूगेका छैनन् । नेपालको छिमेकी मुलुक चिनमा कोरोनाको पहिलो संक्रमण देखिएपछि क्रमिक रुपमा यो रोगले विश्वभरका मानिसलाई आंक्रान्त वनाईरहेको छ । नेपाल पनि यो रोगबाट बच्न सकेन । यहाँ परिक्षण गरिएका जम्मा मान्छेहरु मध्ये ५ जनालाई कोभिड १९ देखियो । परिक्षण गर्नुपर्ने मानिसहरु धेरै छन् । नेपालमा यस रोग परक्षिण गर्ने प्रविधि केही अस्पतालमा मात्र छन् । अस्पतालले हाल परिक्षणका लागि आवश्यक पर्ने किट पाईरहेको छैनन । ज्वरो आउने तथा खोकी लाग्ने समस्या अहिलेको महामारीको रुपमा फैलिएको छ जुन कोरोनाको लक्षण हो ।
सरकार कोरोनाको परिक्षणमा डाक्टरहरुले प्रयोग गर्ने PPE खरिदका लागि यता उता भौतारिरहेको छ । हालै सरकारले कोरोना परिक्षण तथा सावधानीको लागि विभिन्न सामागी टेन्डर प्रक्रिया वाट खरिद गरेको छ ।
महामारीको यो समयमा सरकारका मन्त्रीहरु खरिद गरिएको सामाग्रीमा मन्त्रीलेनै भ्रष्टाचार गरेका समाचारहरु सुन्दा जनताको मन भाँचिएको छ । जनताकै मतले सांसद तथा मन्त्री वनेकाहरु जनताकै खुनपसिना चुस्नमा ब्यस्त हुँदा भोट गलत ठाँउमा लगाएको भन्दै जनता पश्चताप गरिरहेका छन् ।
डुब्लिकेट सामान महंगोमा खरिद गरेर अकुत सम्पती कमाउने सरकारका पदाधिकारीहरु मध्येका प्रधानमन्त्री आफ्नो क्याविनेटका मन्त्रीहरुलाई कारवाही गर्नुको साटो बचाउमा लागेका छ्न । प्रधानमन्त्रीका विश्वास पात्रहरुनै भ्रष्टचारमा लिप्त हुँदा प्रधानमन्त्री नै चुप लाग्नुमा भ्रष्टाचारमा प्रधानमन्त्री आफै संलग्न छन भन्नेमा जनता छन् ।
सरकार ५ बर्षका लागि बनेको हो । त्यसपछि बाँचियो भने देशमा निर्वाचन हुन्छ । अहिलेको परिस्थति भनेको कोरोना रोग संग तन मन र धन लगाएर यसवाट बच्ने हो । तर सरकार यसलाई पैसा कमाउने मौकाको रुपमा लिईरहेको छ । सरकारका मन्त्रीहरुले आफु र जनता बाँचे मात्र यो देश बच्छ भन्ने कुरा विर्सिएका छन् । सरकार अवसरवादी बनेको छ । लकडाउनले कतिपय जनता भोकै मरिरहेको समाचार आईरहेका छन् तर सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुलुम्म डुबेका छन् । सरकार संग जनताले के अपेक्षा गर्ने ?

 

लेखक नेपाली कांग्रेस लेटाङ ९ माेरङका सचिव हुन् । 

प्रकाशित मिति: २०२०-०४-०२ , समय : १७:५८:२८ , ४ वर्ष अगाडि