निरोज ढकाल , ८ पटक हेरिएको
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संस्थापक हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) स्वतः रद्द भइसकेको तथ्य सार्वजनिक भएको छ।
यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेखअनुसार साम्पाङले २०७१ सालपछि आफ्नो लाइसेन्स नवीकरण नगरेको र २०७३ पुसमै म्याद सकिए पनि हालसम्म नवीकरण नगरेको पाइएको हो। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार तोकिएको समयभित्र नवीकरण नभए लाइसेन्स स्वतः रद्द हुने व्यवस्था छ।
करिब १० वर्षदेखि नवीकरण नगरेको विषयमा प्रहरीले थप छानबिन गरिरहेको जनाइएको छ। ट्राफिक प्रहरी कार्यालय इटहरीले यसअघि पनि मोटरसाइकल चलाउने क्रममा नियम उल्लंघन गरेको भन्दै उनलाई कारबाही र जरिवाना गरिसकेको थियो।
लाइसेन्स बिना सवारी चलाउनु गैरकानुनी हुने भएकाले यस घटनाले कानुनी प्रक्रिया र जिम्मेवारीबारे थप बहस सिर्जना गरेको छ।
प्रकाशित मिति: २०२६-०६-१८ , समय : १३:१४:१७ , ३ घन्टा अगाडि