प्रशान्त निरौला , १५ पटक हेरिएको
उर्लाबारी, ५ वैशाख । मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको सञ्चार क्लब नेपालको २२औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर चार जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा पत्रकारहरूको योगदानको कदर गर्दै नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।
सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कारबाट पत्रकार सन्तोष राई नगद १० हजार १ रुपैयाँसहित सम्मानित हुनुभयो भने दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार केशब निरौला पनि सोही राशिसहित सम्मानित हुनुभएको छ। यस्तै लिलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सन्तोष गौतम र दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दुर्गा प्रसाद खतिवडा नगद १० हजार १ रुपैयाँसहित सम्मानित हुनुभएको छ।
कार्यक्रम कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भइरहेको छ। सभाले आजै नयाँ नेतृत्वसमेत चयन गर्ने सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभएको छ।
प्रकाशित मिति: २०२६-०४-१८ , समय : १०:२१:५९ , ३ घन्टा अगाडि