मोरङको लेटाङमा खुकुरी प्रहार गरि साँघातिक आक्रम गर्ने तीन जना पक्राउ 

निरोज ढकाल , १७  पटक हेरिएको

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा दुई जना व्यक्तिमाथि खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

 

चैत १ गते राति लेटाङ नगरपालिका वडा नं. ३ स्थित किर्तिमान बिहिबारे क्षेत्रमा स्थानीय हरिबहादुर दर्जी र सुरज मोते दमाईमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो। आक्रमणबाट दुवै जना सख्त घाइते भएका छन्।

 

घटनाको जानकारी पाउनासाथ स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।

 

इलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी बुधबारेबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न रहेको आरोपमा लेटाङ-३, त्रिशुली चोक बस्ने २१ वर्षीय मौसम राई, लेटाङ २ बुधबारे हाटखोला बस्ने २९ वर्षिय विष्णुबहादुर दर्जी र लेटाङ-२, बुधबारे हाटखोला नै बस्ने १९ वर्षिय हेमन्त दर्जीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलको सूक्ष्म अनुसन्धान र खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका तीनै जनालाई मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति: २०२६-०३-१६ , समय : १७:५३:५६ , ३ घन्टा अगाडि