विराटनगर जेसीजद्वारा संयमित र रंगीन होली मिलन कार्यक्रम सम्पन्न 

निरोज ढकाल , ५०  पटक हेरिएको

विराटनगर,असत्यमाथि सत्यको विजयको प्रतीक होलीको पूर्वसन्ध्यामा विराटनगर जेसीजले सोमबार होली मिलन कार्यक्रम आयोजना गरी सद्भाव, मित्रता र आपसी मेलमिलापको संदेश प्रवाह गरेको छ।

 

संस्थाको परियोजना विराटनगर जूनियर जेसीजको सहजीकरणमा सम्पन्न कार्यक्रममा देशमा चुनावी माहोल रहँदा पनि परम्परा र संस्कारलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष कबिराज दाहालले जानकारी दिए ।

 

कार्यक्रममा पूर्व अध्यक्ष, वर्तमान पदाधिकारी , जुनियर जेसीज र सीमित सदस्यहरूको उपस्थिती रहेको थियो।

 

यसै अवसरमा यस वर्षको ‘महामूर्ख’ उपाधि पूर्व अध्यक्ष गोपाल गुप्तालाई प्रदान गरिएको थियो।विराटनगर जेसीजमा जेसीजमा लामो समय देखि योगदान पुर्याएका पुर्व अध्यक्षहरु मध्येबाट महामुर्ख उपाधी प्रदान गर्ने गरिन्छ ।

 

कार्यक्रमको जूनियर जेसीज अध्यक्ष ओम जोगीले उपस्थित सबैलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए। पूर्व अध्यक्षहरूले शुभकामना मन्तव्य दिएका थिए। कार्यकारिणी उपाध्यक्ष अनुज दाहालले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए।

 

त्यस्तै कार्यक्रमका संयोजक सरोज पौडेलले रंगको पर्व होलीको अवसरमा उपस्थित भएर आपसी भाइचारा कायम गर्न सहयोग गरेकोमा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको जनसम्पर्क अधिकारी आकृति रानी फुयलले जानकारी दिइन ।

प्रकाशित मिति: २०२६-०३-०२ , समय : २१:२३:०५ , ८ घन्टा अगाडि