आईएमएस कलेजमा हल्ट प्राइजको दोस्रो संस्करण सुरू

सराेज निराैला , १३३८  पटक हेरिएको

काठमान्रडाै, १ भदाै ।  आई एम एस कलेज काठमान्डाैमा यो वर्ष पनि हल्ट प्राइज कार्यक्रम आयोजना हुने भएको छ। विद्यार्थीहरुको लागि नोबेल पुरस्कार मानिने यो प्रतियोगिताले विश्वमा विद्यमान रहेका वातावरण सम्बन्धी समस्याहरु समाधान गर्न तथा विद्यार्थीहरुको चौतर्फी विकास गरी उनीहरूमा नेतृत्वदायी क्षमता विकास गर्नमा ठूलो भूमिका खेल्ने गर्दछ।

गत वर्ष विकेश अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय टोलीले यस कार्यक्रमलाई भव्य र सफलताका साथ सम्पन्न गरेपछि यो पटक पुनः आईएमएस कलेजमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ। यस पटक भने हल्ट प्राईज एट आईएमएसको अध्यक्षता बिध्यार्थी अमिस अधिकारीले गर्ने भएका छन्।

प्रकाशित मिति: २०२३-०८-१८ , समय : १३:०३:३७ , ३ वर्ष अगाडि