जयचोक दुर्घटना : मृतकका आफन्त र स्थानियद्धारा सडक अवरुद्ध

प्रेम भट्टराइ , ९४५  पटक हेरिएको

पथरी , १७ जेठ ।  मंगलबार पथरीशनिश्चरेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने पथरीशनिश्चरे वडा नं २ का यज्ञ बहादुर थापाका आफन्त र स्थानियले आज सडक अवरुद्ध गरेका छन् । मंगलबार पश्चिमबाट पूर्व जाँदैगरेको प्र.०१–०१–००१ख ३५४९ नंबरको यात्रुवाहक बसले साइकलमा सवार पथरीशनिश्चरे वडा नं २ का थापालाइ ठक्कर दिएको थिया

पथरीशनिश्चरे वडा नं २ स्थित जयचोकमा भएको उक्त दुर्घटनामा ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि विहान मृतकका आफन्त र परिवार इलाका प्रहरी कार्यलय पथरीमा गएर सवारी धनिलाई उपस्थित गराउन आग्रह गरेको तर सवारी धनिले वेवास्ता गरेकौ आरोप लगाउदै उनिहरुले सडक बन्द गरेका हुन् ।

स्थानियले ट्राफिक प्रहरी कार्यालय पथरी अगाडि, घटनास्थल जयचौक र उर्लावारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाको सिमानास्थल सुन्झोडा पुलमा भेला भइ सडक अवरुद्ध पारेका छन् । सवारी धनिलाई नियन्त्रणमा लिइ कानुनी प्रक्रियामा नगए शव नबुझ्ने र सडक नखोल्ने स्थानियले अडान लिएका छन् । मृतकको शव पोष्र्टमाटमको लागि मदन भण्डारी ट्रमा शेन्टरमा राखिएको छ ।

प्रकाशित मिति: २०२३-०५-३१ , समय : १७:१५:५५ , ३ वर्ष अगाडि