दक्ष चालक बनाउन राज्य उदाशिन

Enepal Patra Pvt. Ltd. , ४९३  पटक हेरिएको

काठमाडौं , २ पुस ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटनाप्रति प्रधानमन्त्री केपी ओलीले देखाएको चासोले आफूहरु खुशी भएको बताएका छन् । रिपोर्टर्स क्लवमा बुधबार उनले भने, ‘पहिलो पटक प्रधानमन्त्रीले यातायातको क्षेत्रमा ध्यान दिनुभयो ।

यो खुशीको कुरा हो ।’ विभागीय मन्त्रालयको प्राथमिकीकरणमा यातायात नपरेको सिटौलाको गुनासो छ । उनले भने, ‘त्यही भएर दुर्घटना भएको छ । अहिलेसम्म सडक दुर्घटनाको बारेमा सरकारले कुनै अन्तरक्रिया गरेको छैन् । अहिले जुन ढंगले यातायात चलिरहेको छ । यो त जय पशुपतिनाथको तवरले चलेको छ ।’ सिटौलाले देशभरि ८४ हजार सडक रहेको आंकडा सुनाउँदै त्यसमा पनि १४ हजार सडक पिच रहेको सुनाए । उनले भने, ‘१४ हजार र ८४ हजारको बीचका सडकहरु बिना ईन्जिनियर बनाईएका छन् । सडकहरु अवैज्ञानिक छन् ।’ अहिले नेपालको यातायात क्षेत्रमा १० खर्बको लगानी रहेको भन्दै सिटौलाले यो लगानी बचाउने जिम्मेवारी सरकारको भएको दावी गरे । उनले चिकित्सक उत्पादन गर्न राज्यले एकजनालाई एक करोडसम्म लगानी गरेको तर चालक उत्पादन गर्नको लागि खोई लगानी रु भनेर प्रश्न समेत तेर्साए । सिटौलाले भने, ‘एउटा चिकित्सले गल्ती गर्दा एक जनाको ज्यान जान्छ, तर, एउटा चालकले गल्ती गर्दा ४०–५० जनाको ज्यान जान्छ ।’ अहिलेसम्म चालक उत्पादन गर्न सरकारले लगानी नगरेकोमा सिटौलाले गुनासो पोखे । उनले आफूहरु ठूलो पीडामा रहेको पनि दुःखेसो पोखे । सिटौलाले भने, ‘काठमाडौंका कोरिडोर सडकहरु किन बनेका छैनन्, यी कोरिडोरका सडक बन्दा काठमाडौंमा जाम कम हुन्छ ।’ प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्र नक्कली भएकाहरुलाई नवीकरण गर्न नदिने भनेर दिएको निर्देशन पनि जायज रहेको उनको भनाई छ । सिटौलाले भने, ‘माथिल्लो तहबाट राम्रो निर्देशन हुन्छ । तर, कार्यान्वयन गर्ने निकायले ध्यान दिँदैनन् । यो दुःखद् पक्ष हो । अब कार्यान्वयनमा ध्यान जाओस् ।’ उनले स्मार्ट–लाईसेन्सको पनि हालत के छ रु भन्दै प्रश्न गरे । महासचिव सिटौलाले स्मार्ट लाईसेन्सको नाममा ट्रायल पास भएकाहरुले तत्काल लाईसेन्स दिनुपर्ने बताए । उनले महासंघले यातायात क्षेत्रको सुधारको लागि अग्रगामी रुपमा इनिसिएसन लिएको सुनाए । तर, आफूहरुको प्रयत्नले केही पनि हुनेवाला नभएको पनि सिटौलाको गुनासो छ । उनले भने, ‘सडक दुर्घटनामा प्रहरीको कुनै दोष छैन् । सरकारले वैज्ञानिक गाडी आयातको नीति बनाउनुपर्छ । बाटो र सडकको अवस्था हेरेर गाडी आयातको नीति लिनुपर्छ । कुन सडकमा कस्तो खालका सवारी चलाउनुपर्छ भनेर पनि ध्यान दिनुपर्छ ।’ सिटौलाले सवारी चेकजाँच काठमाडौंमा मात्रै नभएर ७७ वटै जिल्लामा गरिनुपर्ने माग गरे । उनले भने, ‘अहिले काठमाडौंको टेकु पुल नजिककै रहेको फिटनेश सेन्टर, जहाँ सरकारले एक अर्ब लगानी गरेको छ । यो त संग्राहलयको रुपमा परिचित हुने अवस्था छ ।’ सिन्धुपाल्चोकमा भएको दुर्घटनामा चालकको पनि निधन भएको सुनाउँदै सिटौलाले भने, ‘त्यो दुर्घटनामा चालकको पनि निधन भयो । जो २१ वर्षदेखि गाडी चलाउँदै आउनुभएको थियो । उहाँ त स्वरोजगार हुनुहुन्थ्यो, आफैं गाडी मालिक र आफैं चालक हुनुहुन्थ्यो । उहाँले पटक पटक यात्रूहरुलाई उत्रिनको लागि भन्नुभएको थियो भन्ने कुरा आएको छ ।’ नेपालमा हेलिकप्टर दुर्घटना हुँदा छानबिन आयोग गठन हुने गरेको तर, सवारी साधन दुर्घटना हुँदा त्यस्तो नगरिएकोमा सिटौलाले गुनासो पोखे । उनले भने, ‘अहिले प्रधानमन्त्रीले जाँचबुझको लागि निर्देशन दिनुभएको छ । यति सानो कुरापनि प्रधानमन्त्रीले भन्नुपर्ने अनि अरुले के गर्ने हो रु तल्लो तहमा बस्ने कर्मचारीबाट काम भएको छैन् ।’ उनले कर्मचारीहरुले राजनीतिक गर्न नहुने भन्दै काम गर्न सुझाव दिए । सिटौलाले पछिल्लो समय भएका ठूला दुर्घटनाप्रति दुःख व्यक्त गरे । उनले भने, ‘यद्यपी अहिले दुर्घटना कम भएको छ । महासंघ दुर्घटना कम र न्यूनीकरणको लागि प्रयास गरिरहेको छ । अहिले पनि चालकको अभाव छ । यातायातमा व्यवस्थापन र लगानी बचाउनको लागि सरकारले पहलकदमी लिओस् ।’ अहिले आएको बीमा नीति पनि अक्षरश लागू हुनुपर्ने उनको जोड छ । सिटौलाले भने, ‘अहिले हेर्नुहोस यातायात क्षेत्रमा लगानी ह्वात्तै घटेको छ । यो विषयमा हाम्रो मन्त्रालयले डिबेट गर्ने कि नगर्ने रु अहिले काठमाडौं उपत्यकाका कोरिडोर कार्यान्वयनमा आए कामठमाडौंमा हुने जाम ५० प्रतिशत कम हुन्छ ।’ कर्पोरेट नेपालबाट

प्रकाशित मिति: २०१९-१२-१८ , समय : २०:५०:५६ , ४ वर्ष अगाडि