नरेन्द्र बस्नेत , ३२१ पटक हेरिएको

बेलबारी ३१ जेठ। मोरङको बेलबारी नगरपालिका केही बर्षयता देशमै सबैभन्दा बढी चर्चा हुने नगरपालिकाको रुपमा परिचित छ । बाख्रा काण्ड,साहारा काण्ड,बिकास निर्माणका नाममा घोटाला काण्ड,जनता आबास काण्ड लगायत दर्जनौ काण्डमा मुछिएको बेलबारीमा सामान्य बिषयमा समेत बढी हल्ला हुने नगरपालिकामा पर्दछ । गत बैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय तहको निर्बाचन सम्पन्न भएको ठयाक्कै महिना पुगकै दिन बेबलारीमा फेरी उपमेयरले नयाँ गाडी माग गरेको समाचार सार्बजनिक भएसँगै सामाजिक सञ्जालमा यस्ले राम्रै चर्चा पाएको छ ।
उपमेयरले नायँ गाडी माग गरेको कुरा सार्बजनिक भएसँगै हामीले सोही कुराको चुरो सम्म पुग्ने कोशिष गरेका छौँ । यसबिचमा भएको के थियो,हल्ला के भयो र कसरी यो बिषय सार्बजनिक भयो भन्ने सम्मका बिषय समेटनु उचित होला ।
कसरी आयो नयाँ गाडीको कुरा ?
बेलबारीको कार्यपालिकामा उपमेयर सहित १५ जना सदस्य नेपाली काँग्रेसका छन । त्यसमा मेयर सहित ५ जना एमाले र एक जना स्वतन्त्र गरी २१ जना सदस्य रहेका छन । जुनसुकै नगरपालिका वा अन्य सरकारी निकायमा आबश्यक सवारी साधन आबश्यकता अनुसार खरिद गर्ने नियम नै हुन्छ । गाडी खरिदका लागि बोलपत्र आब्हान लगायतका प्रक्रिया आफनै ठाँउमा छन । नगरपालिकाले खरिद गरेको गाडी नगरपालिकाका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत वा अन्य जिम्मेवार ब्यत्तिहरुले आबश्कता अनुसार प्रयोग गर्छन । त्यो सवारी नगरपालिकाकै नाममा हुने हो,त्यो कसैले माग गरेको भरमा उसको नाममा हुने होईन र त्यो उसले मात्र प्रयोग गर्ने भन्ने कुरा पनि हुन्न । गाडीको कुरा सार्बजनिक भएपछि हामीले कार्यपालिका बैठकले के निर्णय गर्यो भन्ने बुझन चहायौँ । कार्यपालिका बैठकको निर्णयमा गाडी किन्ने भन्ने कहि कतै उल्लेख गरिएको भेटिएन । कुराकानीका क्रममा उपमेयर नितु थापा कोईरालाले यसअघि उपमेयरले प्रयोग गर्दै आएको गाडी १० बर्ष पुरानो भएको,मर्मत गर्दा पनि खासै काम नदिएको,पाटपुर्जामा समस्या भएको र दैनिक बिभिन्न वडामा जानुपर्दा त्यो गाडी बिग्रिएर धकेल्नुपर्ने अबस्था आएकोले एउटा सवारी साधन आबश्यक भएको चाँही प्रस्ताव गरेकी रहिछिन। उनले यो गाडी यति मुल्य बराबरको मलाई तत्काल चाहिन्छ चाँहि भनेको प्रमाणित भएन । यस बिषयमा पार्टीकै केही मानिसहरुले उपमेयरलाई बिवादमा तान्न गाडी काण्ड सार्बजनिक गर्न बढी कसरत गरेको पाईएको छ ।
उपमेयरले प्रयोग गरेको गाडीको अबस्था कस्तो छ ?
हाल उपमेयर कोईरालाले प्रयोग गरेको गाडी तत्कालीन समयमा बेलबारीका प्रमुख प्रशासकीय अधिकृत मनहरी बरालको पालामा खरिद गरिएको रहेछ । त्यसपछि प्रमुख प्रशासीय अधिकृत होमप्रसाद पौडेलले पनि त्यहि गाडी प्रयोग गरेका थिए । त्यसपछि पहिलो स्थानीय निर्बाचन पछि बेलबारीकी उपमेयर ढाकाकुमारी पराजुलीले ५ बर्ष त्यहि गाडी चढिन् त्यसरी हेर्दा सोही गाडी १० बर्षभन्दा पुरानो रहेछ । सोही गाडीको एसी लगायत केही पाटपुर्जा नचलेको र बिग्रिएर ठेल्नुपर्ने अबस्थामा रहेको पाईएको छ ।
बेलबारीमा कति छन सवारी साधन ?
बेलबारी नगरपालिकामा हाल स्कुटर २ ओटा,मोटरसाइकल १८ ओटा,एम्बुलेन्स १ओटा,शववाहन १ ओटा,बोलेरो गाडी १ओटा,नगर उपप्रमुखले प्रयोग गर्दै आएको, महिन्द्रा कम्पनीको सानो पिक अप हाइलक्स गाडी प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको,स्कार्पियो गाडी १ ओटा नगर प्रमुखले प्रयोग गर्दै आएको, ट्रिपर १ओटा र दमकल १ ओटा प्रयोगमा रहेका छन । त्यसमध्ये १८ वटा मोटरसाईकल अघिल्लो पटकका वडाध्यक्षले प्रयोग गरेका थिए । ति मोटरसाईकल यतिबेला थन्किएका छन । नयाँ वडाध्यक्षहरुले ति मोटरसाईकल प्रयोग गरेका छैनन ।
के भन्छन जिम्मेवार ब्यत्तिहरु ?
उपमेयरको गाडी काण्ड बाहिर आएपछि हामीले उपमेयर कोईराला सँग सम्पर्क गर्दा उनले यसअघि प्रयोगमा आएको गाडी बिग्रिएर हैरान भएको र सबै वडामा समयमा पुग्न कठिन भएकोले साधन खरिद गर्ने बिषयमा प्रस्ताव राखेको बताउँछिन । तर उनले यो गाडी चाहियो भनेर कसैलाई नभनेको र दबाब नदिएको बताउँछिन । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की भने नगरपालिकाले आबश्यकता अनुसार सबारी साधन खरिद गर्न सक्ने बताउँछन । उनले साधन कसैले दबाब दिएर भन्दा पनि आबश्यकता अनुसार खरिद गर्न सकिने तर्क अघि सार्छन ।
बेतना खबरबाट
प्रकाशित मिति: २०२२-०६-१४ , समय : १४:२६:०५ , ३ वर्ष अगाडि