enepalpatra , ३२० पटक हेरिएको
उर्लाबारी ,३०जेठ । मोरङ उर्लाबारी—९ बोर्डरलाईकी मीना खवासले कात्तिकमा बाढि आएर दुःख देला भनेर सोचेकै थिईनन् । तर लाखौं धनमालको क्षति हुने गरी बाढि आएपछि मीना मात्र होईन्, यहाँका स्थानीय सबै छक्क परे ।
गत कात्तिकमा आएको अबिरल बर्षाझरीसँग जुध्नु सिवाय कुनै उपाय थिएन् । मावा खोलाको बाढी सिधैं बस्ती तर्फ पस्यो । लहलह पाकेको धान डुबायो, पशुचौपाय बगायो,हरायो । घरभित्रै पानी पस्यो, बग्यो । धानको वाला पुरिएर क्षणभरमै बगरमा परिणत भयो ।
यो समस्या उर्लाबारी—९ बोर्डरलाईनको मात्र होईन्, मावा खोलासँग बस्ति जोडिएको चक्रेटोल,फाईबेली डाँडाँ,सेम्बुटोल,माहारास्थान,गाइघाट सबैको हो ।
त्यसबेला रातभर जाग्राम बस्यौं, बगाएको चौपाय खोज्नु कि आफ्नो ज्यान बचाँउनु, बोर्डरलाईनका भक्त राई भन्छन्, छरछिमेकलाई सहयोग गर्ने कि आफ्नै घर सम्हाल्ने सकस थियो । पानी परिहरने,घरमुनी,चुलैबाट पानी कुदिरहने । भिजेको कपडाले हप्तौ कटायौं ।
यो समस्या गत कात्तिकको हो । मुरी फलाउन मानो रोप्ने महिना आईसक्यो । कात्तिकमा त दुख दियो भने असार साउनको झरीले दुख नदिने कुरै भएन, आकाश मडारिन थालेपछि हामीलाई सधैं पिर हुन्छ, रातभरी झरि पर्दा बाढि आएर थाहै नपाई बगाउँछ कि जस्तो लाग्छ, मिना भन्छिन्, यो अहिले देखीको होईन्, बर्षौदेखी हाम्रो बाउबाजेदेखी अहिले पनि भोग्दै आएको समस्या हो ।
हरेक चुनाबमा भोट माग्न नेताहरु गाउँ छिर्छन्, खोला तटबन्धन गर्ने, बाटो घाटो बनाउने प्रतिबद्धताका सपना देखाउँछन् । कति,चुनाब आए, गए । तर कहिल्यै जनताको सपना साकार हुन सकेको छैन । समस्या ज्यू का त्यु छ ।
नेताहरु आश मात्र देखाँउछन्, प्रभावकारी काम नै हुँदैन, बाढीआएपछि रमिता हेर्न आएपछि के गर्ने ? बरु हामी बाटोमा घुडा घुडा हिलोमा हिड्छौ । खोला चाँहि थुनिदिनु ।
बाटोमा छरेको गिटी पनि खोला बगाईदिने गरेको उनले दुखेसो पोखिन् ।
मावा खोलामा भेल कति बेला बढ्छ भन्ने टुंगो हुन्न । स्थानीय श्याम सेरेङ लिम्बूलाई वर्षायामका धेरैजसो रात निद्रा लाग्दैन । मोवाईलको टर्च बालेर खोलाको जलस्तर हेर्न पुग्छन् । विगतमा बाढीले ठूलो क्षति पुर्याएकाले बर्खा लाग्यो कि तर्सिन्छन ।
मावा खोला कतिखेर उर्लेर कतिखेर गाउँ पस्छ, ठेगान नभएकाले पिरोलिने गरेको उनले बताए ।
स्थानीय ललिता पोमुको अहिले दिनचर्या उनको भन्दा फरक छैन । पानी पर्न थाल्यो कि बाढीको अवस्था बुझ्न खोला तटमा पुग्छिन । ‘रातभरि निद्रा पर्दैन,’ उनले भनिन, ‘बाढी पस्ने उच्च जोखिम छ ।’
उनीहरुजस्तै यहाँका बासिन्दा लगातार पानी पर्नासाथ रातभर जाग्राम बस्ने गरेका छन । बाढी पस्नासाथ सुरक्षित स्थानमा आश्रय लिनुपर्ने भएकाले त्रास रहन्छ कतिपयले वर्षायाम सुरु भएयता नागरिकता, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा र खाद्यान्न नभिज्ने गरी पोको बनाएर राखेको पोमुले बताईन।
बाढीले तहसनहस भएका बस्ती पुरानै अवस्थामा राम्रोसँग फर्किएको छैन । बाढी प्रभावित भएर जमिन अन्नवाली गुमाएमा आधाभन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्तासँगै नजिकिँदो वर्षाले पनि पिरोल्न थालेको छ ।
कमाइ गर्ने जग्गा बलुवामा परिणत भएको छ ,कटान गरेको छ । स्थानीय थक्लुङ चौकका हर्क राईको मनमा भने कसरी गुजारा चलाउने भन्ने चिन्ता छ । उनी भन्छन, ‘जग्गाको कमाइ बेचेर बच्चाको शिक्षादीक्षादेखि घर–व्यवहार चल्थ्यो, अहिले गुजारा गर्न मुस्किल परेको छ।’
‘अब वर्षायाम सुरु हुन थाल्यो फेरि बाढी आए के हुने हो ? गाईघाटका बाढी प्रभावित यादव खड्काको चिन्ता छ । पहिले घरखेत हुने ठाउँमा अहिले खोला बग्छ । बचेका बस्ती, जोगाउन सरकारले चासो नदेखाएको उनले बताए ।
बढिकै कारण हुनेखानेहरु धेरैजसो बसाई नै छोड्न थालेका छन्,हुदाँ खानेहरु शहरमा डेरा बस्न बाध्य छन् । गाउँमा खोलाको तटबन्धन गरिदिने हो भने खेतीपाती गरेर बसिन्थियो । गाउँमै रमाईन्थियो , उर्लाबारी छिन्ताङ्गे टोलका रबि मैनाली भन्छन्, अन्नवाली रोप्यो बाढीले बगाईदिन्छ । खोलासँग बर्षेनी जुद्नुपर्छ । जोखिम उठाउन गाह्रो भएको उनले बताए ।
त्यो त मैनाली मात्र होईन, यसपटक उर्लाबारी—९ बाट दलित महिला सदस्यमा निर्वार्चित साबित्रा विश्वकर्मा परिवार पनि बाढीकै कारण बिस्तापित भएर उर्लाबारी बजारमा डेरा बस्छन् । सावित्रा भन्छिन्, खोलाले पोहोर घरसँगै हामीलाई कसो बगाएन, ट्युवेल समेत लेदोले पुरि दियो, अन्नवाली समेत बगायो । खोलाकै पीर छ ।
उनले खोला नै यहाँको प्रमुख समस्या भएको बताईन् । उनले बजारबाट गाउँको दुख हेर्न जनताको काम गर्न झर्ने गरेको बताईन् ।
‘म त खोलाका समस्या उठाईरहेको र पहलकदमी गरिरहेको छु, उनले भनिन ।
यसैबिच उर्लाबारी नगरपालिकाले च्यानल काट्ने र पाइलिङको काम थालेको छ ।
प्रकाशित मिति: २०२२-०६-१३ , समय : २१:३४:५९ , ४ वर्ष अगाडि