रतुवामाईमा ४ परिवारका १२ जना एकैपटक बिरामी, रोगको लक्षण हैजासंग मिल्ने

साभार , ३९४  पटक हेरिएको

उपचाररत बिरामीहरु

पथरी ३० जेठ । मोरङको रतुवामाई नगरपालिका ८ मा ४ परिवारका १२ जना एकैसाथ बिरामी परेका छन् । रोगको लक्षण हैजासंग मिल्ने खालको देखिएको छ ।

वडा नं‍. ८ को मिलन चौकका ४ परिवारमा यस्तो रोग देखा परेको हो । रोगको लक्षण सुरुमा टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र लगातार झाडापखला लाग्ने गरेको छ । ८ मिलन चौकका ४ परिवारका १२ जना एकसाथ विरामी परेको विरामीका आफन्त लाल बहादुर खड्काले बताए ।

खड्का अनुसार शनिवार साँझबाट उनिहरुमा यस किसीमको समस्या देखा परेको र उपचारका लागि उर्लाबारी स्थिति मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा ल्याइएको बताए ।

त्यहा उपचारका क्रममा उनिहरुलाई हैजा रोगसँग मिल्दोजुल्दो लक्षण देखा परेको उपचारमा संलग्न फिजीसियन डाक्टर कुशल ओस्तीले बताए ।

शनिवार साँझबाट विरामी परेका स्थानीय पूर्ण बहादुर खड्का, होमु खड्का, लिला खड्का, आदित्य खड्का ९बालक० आशिका खड्का ९बालिका० स्थानिय मोहन श्रेष्ठ, अस्मिता श्रेष्ठलाई मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचार सम्वभव नभएपछि नोवेल अस्पताल विराटनगर रिफर गरिएको रतुवामाई नगरपालिका ८ का वडा अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिए ।

यस्तै सोही स्थान बस्ने शोभा हस्ता र उनकी छोरीको मोरङको झुर्कियामा उपचार पश्चात घर फर्किएको र विरामी मध्येका होम बहादुर खड्का विराट टिचिङ अस्पतालको आईसियुमा उपचारत रहेको अध्यक्ष कार्कीले बताए ।

अध्यक्ष कार्कीले नोवेल अस्पतालमा उपचारत विरामीहरुमा हैजा रोगसँग मिल्दोजुल्दो लक्षण देखापरेता पनि रोग आधिकारीक रुपमा पुष्टि भै नसकेको बताए ।

हाल सो गाउमा नगरपालिकाको स्वास्थ्य शाखाले विशेष रुपमा रेखदेख गरिरहेको छ । अनौठो रोग देखा परेपछि स्थानियहरुमा डर उत्पन्न भएको छ ।

प्रकाशित मिति: २०२२-०६-१३ , समय : १२:०९:४१ , २ वर्ष अगाडि