बिधुत प्रसारण लाईनमा चढेका ब्यक्तिको उद्दार

enepalpatra , ९८८  पटक हेरिएको

विद्युत प्रसारण लाईनमा चढेका ब्यक्ति

काठमाण्डाै २८ जेठ ।  विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभरि विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–७ को टावरबाट तारमा पुगेका व्यक्तिको नेपाली सेनाले लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उज्यालोलाई जानकारी दिनुभयो ।

उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०६-११ , समय : १९:५७:२९ , २ वर्ष अगाडि