पथरीशनिश्चरे १० मा भुवनका अगाडि अरु उम्मेद्वार फिक्का

enepalpatra , ९३३  पटक हेरिएको

मतदाताको घरदैलोमा मत माग्दै वडाध्यक्षका उम्मेद्वार भुवन थापा

पथरीशनिश्चरे,२६ बैशाख । मोरङको पथरीशनिश्चरे–१० मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार भूबन थापाले सबै मतदाताको ध्यान खिचेका छन् । उनको प्रतीज्ञा छ–‘म कमाउन जान लागेको होइन् । घर, गाडी लगायतका सेवा सुविधा वडाध्यक्ष नहुँदै उपयोग गरिरहेको छु । थापा प्राप्त सबै सरकारी सेवा सुबिधा विपन्न परिवारको स्वास्थ्य बीमा, शिक्षा र उपचारमा खर्च गर्ने बताउँछन् ।
शुन्यबाट उठेका थापाले २७ वर्षको उमेरमा आफूलाई स्थापित ब्यावसायिका रुपमा परिचित गराइसकेका छन् । कुनै समय भुबनका बुबा भारतमा सुरक्षा कर्मचारीको रुपमा काम गर्थे । परिवारको कमजोर आर्थिक अवस्था , दाल भात जुटाउन नै समस्या भएपछि सम्भावनाको खोजिमा भुबनका बुबा भारत छिरे । भारतबाट कमाएर पठाएको पैसा मीठो खाने र राम्रो लगाउने भन्दा भुबनको शिक्षामा खर्च गरिन ,उनकी आमाले । अहिले भूबनले स्नातकोत्तर उत्तीर्ण गरिसकेका छन् ।
पथरीशनिश्चरे १० मा वडाध्यक्षका उम्मेद्वारहरू मध्ये भुबन सबैभन्दा अब्बल छन् । २० वर्षको उमेरमा निर्माण ब्यवसाय क्षेत्रमा प्रवेश गरेका थापालाई पढाई, ज्ञान, सामाजिक कार्य, अनुशासनमा कहिँ कतै दाग लगाउने ठाउँ छैन् । उनले आफू निर्वाचित भए पनि एक कार्यकाल भन्दा बढी एउटा पदमा बसेर काम नगर्ने प्रतिवद्धता ब्यक्त गरे । थापाले भने–हामी कहाँ सबै राजनीतिक दलका नेताहरू प्रेसर, सुगर, दम लागुन्जेल पदमा बसिरहन चाहन्छन् । नागरिकको काम गर्न सक्दैनन् । तर , पद ओगटिरहन्छन् । उनले थपे – म जित नजिक पुगेको छु । मैले एक पटकलाई वडाध्यक्षमा मत मागिरहेको छु । म सँग ५ वर्षमा पथरीशनिश्चरे वडा नं. १० को मुहार फेर्ने निश्चित ‘भिजन’ छ । थापाले बिगतमा वडाध्यक्ष सागर राईले गरेका कामलाई निरन्तरता दिने बताउँदै अधुरा सबै काम सम्पन्न गर्ने बताए ।
मोरङ जिल्लामा नेपाली कांग्रेस भित्र सर्वसम्मत उम्मेद्वार छानिनेमा थापा थोरै भिका एक हुन् । वडाध्यक्ष नहुँदै उनले धेरै दुखी मनहरूमा मलम लगाइसकेका छन् । वडाध्यक्ष सागर राईको हरेक अभियानमा सँगै हिडेका भुबनसँग अहिले सागर राईको दरिलो सहयोग र भर छ । वडाध्यक्ष सागर राई भन्छन्–एउटै पदमा पटक पटक बसेर काम गर्नु भनेको पद लोलुपता हो । त्यसैले एक कार्यकाल पछि अर्को जोशिलो युवा भुबन थापालाई वडाध्यक्षको रुपमा उभ्याएका छौं, सागरले भने ।
भुवन र सागर एक अर्काका परिपुरक छन् । बिगतमा भुवन बीना सागर अधुरा थिए भने अहिले सागर बीना भुवनको अभियान चल्दैन । सँग सगै मतदाताको घरमा पुगिरहेका भुबनले भने–चुनाब जितेर आफ्नो लागि केही गरौला भन्ने छैन् । जे गर्छु , यहाँका बासिन्दाको सुख भोगका लागि गर्छु । पथरीशनिश्चरे १० पूर्वपश्चिम राजमार्गमा जोडिएको भएपनि उत्ति साह्रो बिकास हुन सकेको छैन । राजमार्गमा जोडिएको नगरपालिकाको वडामा सरकारी मावि छैन् । ५ वर्ष भित्र एउटा स्मार्ट मावि निर्माण मेरो सङ्कल्प हो । अझै पनि घण्टै हिडेर कानेपाखरी र पथरी बजार सम्म पढ्न जाने बिद्यार्थी मैले देखिरहेका छु । बिगतमा सागर राईले पनि विद्यालयलाई माविसम्म सञ्चालन गर्ने कुरा उठाए । तर, अरु सदस्यले वेवास्था गरेपछि एक्ला सागर चुपचाप रहन बाध्य भए ।अरु वडामा १० किलोमिटर सम्म सडक कालोपत्रे भइसक्दा हाम्रो वडामा नगन्य मात्रामा सडक कालोपत्रे भएको छ ।
सडक निर्माण मात्र होइन, शिक्षा ,स्वास्थ्य, खानेपानी,खेलकुद लगायतका बिकासमा मेरो अर्जुन दृष्टि हुनेछ ।

प्रकाशित मिति: २०२२-०५-०९ , समय : ०७:१९:५३ , २ वर्ष अगाडि