पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

Enepal Patra Pvt. Ltd. , ५९०  पटक हेरिएको

काठमाडौं,१ पुस । पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति एवम् पूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । नोभेम्बर ३, २००७ मा संकटकालको घोषणा गर्नुभएको मुद्दामा उहाँलाई दोषी ठहर गरिएको हो ।
पेशावर उच्च अदालतका मुख्य न्यायधीश सम्मिलित तीन सदस्यीय इजलासले मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गरेको हो । बीबीसीका अनुसार मुद्दाको फैसलाको क्रममा दुईजना न्यायधीश अदालतको पक्षमा हुँदा अर्का एकजनाले मृत्युदण्डको फैसलामा असहमति जनाउनुभएको छ ।
वर्ष २०१३ देखि उक्त मुद्दा विचाराधीन थियो । १९९९ मा सेनाको सहयोगमा सत्ता हातमा लिएका मुशर्रफ वर्ष २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति हुनुभयो । मुशर्रफ हाल यूएईमा हुनुहुन्छ । औषधी उपचारका लागि बाहिर जानुपर्ने देखिएपछि अदालतले उहाँलाई २०१६ मा विदेश जाने अनुमति दिएको थियो । आफ्नो कार्यकाल थप्न वर्ष २००७ मा उहाँले संविधान गर्नुहुँदै संकटकाल घोषणा गर्नुभएको थियो । उक्त मुद्दाको सुनुवाइमा अदालतले आदेश गरेको हो । पाकिस्तानको संविधानको अवज्ञा गरेको आरोपमा अदालती बहसमा उभिने मुशर्रफ पहिलो सैन्य शासक हुन् ।

प्रकाशित मिति: २०१९-१२-१७ , समय : १४:०९:३१ , ४ वर्ष अगाडि