कांग्रेस गठबन्धन बाट बिराटनगरका मेयर उमेदवारमा नागेश कोइराला

Biratnagar , ९९४  पटक हेरिएको

विराटनगर ११ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्ति विराटनगरको मेयरमा सत्ता गठबन्धनबाट नागेश कोईरालाले टिकट पाएका छन् ।

लामो समयको छलफलपछी आईतबार दिउँसो नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष रहेका कोईरालाले मेयरको टिकट पाएका हुन् । उनको पक्षमा डा। शेखर कोईरालाले लबिङ गर्दै आएका थिए । विराटनगरको मेयरको टिकट दौडमा पार्टी सभापति शेरबहादुर देउवाले अमृत अर्याल र कृष्णप्रसाद सिटौलाले यसअघिका मेयर भीम पराजुलीलाई अघि सार्दै आएका थिए । तर, शेखरको प्रस्तावमा नेताहरू बिमलेन्द्र निधि र सशांक कोइराला पनि सकारात्मक देखिएपछि नागेश कोईरालाले मेयरको टिकट पाएका हुन् । केन्द्रको निर्णयानुसार कोईरालाले महानगर प्रमुखको टिकट पाएको नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले बताए । उनले भने, ुअबको केहीबेरमै सहमति सहितको पत्र आउँछ ।ु

गठबन्धनले भने सोमबार मनोनयन दर्ता गराउने जनाएको छ ।

प्रकाशित मिति: २०२२-०४-२४ , समय : २१:०७:४४ , ४ वर्ष अगाडि