अन्तर पालिका कपको उपाधी लेटाङलाई

enepalpatra , ४५४  पटक हेरिएको

लेटाङ, २० चैत । अन्तरपालिका स्तरिय अध्यक्ष कप २०७८ को उपाधिले लेटाङले उचालेको छ । यो सङै लेटाङ नगरपालिकाले नगद १ लाख समेत जितेको छ । उपबिजेता बेलबारीले नगद ६० हजार रुपैया प्राप्त गरेको छ । प्रथम तथा दोश्रो हुने टिमले ट्रफी, प्रमाणपत्र , मेडल प्राप्त गरे ।

आज कानेपोखरी ५ जहदा खेल मैदानमा कानेपोखरी गाउँपालिकाको आयोजनामा भएको फाईनल खेलमा २-० गोल अन्तरले बेलबारी लाई पराजित गर्दै लेटाङ बिजय भएको हो ।
खेलको दोश्रो हाफको १५ औ मिनेटमा लेटाङका जर्सी नंबर ८ का अनुप मगरले पहिलो गोल गर्दै लेटाङलाई १ -० को अग्रता दिलाएका थिए । ३० औ मिनेटमा लेटाङका सागर बिकले अर्को गोल थप्दै लेटाङलाई २-० को अग्रता दिलाए ।

खेलको बेस्ट कोच लेटाङका ईन्द्र राई भए । बेस्ट किपर बेलबारीका सन्तोस दनुवार भए । बेस्ट डिफेन्स लेटाङका राजु मगर भए । बेस्ट मिड फिल्ड बेलबारीका भक्त भन्डारी भए । बेस्ट फरवार्ड लेटाङका सागर बिक भए । हाई स्कोरर लेटाङका आयुस लिम्बू र अनुप मगर भए । उनिहरुले नगद ३ हजार प्राप्त गरेका थिए । म्यान अफ द सिरिज बेलबारीका पारस खत्री भए । उनले नगद ५ हजार प्राप्त गरे ।

प्रकाशित मिति: २०२२-०४-०३ , समय : २१:४०:२० , २ वर्ष अगाडि