कानेपोखरीमाआज देखि अध्यक्ष कप फुटबल

Enepal Patra Pvt. Ltd. , ४१६  पटक हेरिएको

कानेपोखरी,१३ चैत । मोरङको कानेपोखरी गाउँपालिकाले आज देखि अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका नगर, उप महानगर र गाउँपालिका गरी ८ टिमको सहभागिता रहने छ । कानेपोखरी खेलकुद समन्वय समितिका अध्यक्ष चरण गुरुङका अनुसार प्रतियोगितामा उर्लाबारी, लेटाङ,पथरीशनिश्चरे, बेलबारी नगरपालिका,इटहरी उपमहानगरपालिका , कानेपोखरी , केरावारी र मिक्लाजुङ गाउँपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टिमलाई १ लाख नगद सहित अध्यक्ष कप प्रदान गरिने छ भने उप विजेता टिमलाई ६० हजार नगद सहित ट्रफि प्रदान गरिने छ । कानेपोखरी ५ को जहदा रङ्गशालामा हुने प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याच घोषित खेलाडीलाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता आयोजना गर्न ८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
यस्तै चैत १६ गते देखि जनसेवा माविको खेल मैदानमा हुने अन्तर वडा स्तरीय उपाध्यक्ष कप भलिबल प्रतियोगितामा पालिकाका ७ वडाले प्रतिस्पर्धा गर्नेछन् । भलिबल खेलका बिजेतालाई ५० हजार र उप बिजेतालाई ३० हजार रुपियाँ नगद सहित ट्रफि र मेडल प्रदान गरिने छ ।

प्रकाशित मिति: २०२२-०३-२७ , समय : ०७:४०:१३ , २ वर्ष अगाडि