सुकुम्वासी र धनीपुर्जाबाला बीच फेरि तनाव, पत्रकार काफ्ले माथि प्रहरीको दुरब्यबहार

Enepal Patra Pvt. Ltd. , ६६१  पटक हेरिएको

पथरीशनिश्चरे,२८ मङ्सिर । मोरङको पथरीशनिश्चरेको सुकुम्वासी समस्या पेचिलो बन्दै गएको छ । नगरका वडा कार्यालयहरूले सार्वजनिक सूचना निकालेर जग्गा दाबी गर्न आउनेले वडामा सम्पर्क नगरी धनीपूर्जा बोकेर नहिड्न आब्हान गरेपनि जग्गाधनीहरूले वडाको सूचनालाई बेवास्ता गरेपछि परिस्थिति जटिल बन्दै गएको हो ।
पथरीशनिश्चरे जिल्ला कै सबैभन्दा बढी अब्यवस्थित बसोवास, दोहोरो स्वामित्व र सुकुम्बासी समस्या भएको नगर हो । ४० वर्ष देखि जग्गा भोगचलन गर्नेको नाममा धनीपुर्जा छैन । धनीपूर्जावालाहरूसँग जग्गा छैन् । पञ्चायत, बहुदल र गणतन्त्रका चालिस वर्ष बितिसक्दा पनि समस्या समाधान नभएपछि यतिबेला सुकुम्वासीहरू उत्तेजित भएका छन् । शनिबार पनि सुकुम्बासीलाई उत्तेजित बनाउने काम भयो । जसले गर्दा पथरीशनिश्चरेका टेलिभिजन पत्रकार गोपाल काफ्ले माथि प्रहरीले दुब्र्यबहार ग¥यो । पत्रकार काफ्ले समाचार सङ्कलनका लागि घटनास्थल पुग्नु भएको थियो । काफ्लेका अनुसार उहाँको क्यामरा प्रहरीले खोसेर फालिदिएको छ । काफ्लेले भन्नुभयो – क्यामरा फुटेको छ । प्रहरीले दुब्र्यबहार ग¥यो । घटना के हो ? शनिबार बिहानै पथरीशनिश्चरे ७ र ३ को सीमामा पर्ने किराती चौक नजिकै त्यहीँका स्थानीयले ४० वर्ष देखि भोगिरहेको जग्गा आफ्नो भएको दाबी गर्दै ४ जना नचिनेका मान्छे पुगे । यस्तै घटना सोही क्षेत्रमा पटक पटक भइसकेका थिए । सुकुम्बासीहरू कुनै पनि हालतमा आफ्नो जग्गाको स्वामित्व नछोड्ने अडानमा छन् ।
उता धनीपूर्जावालाहरू सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुने भन्दै भोगचलन आफूले गर्न पाउनु पर्ने दाबी गर्दै आएकाछन् । आफ्नो जग्गा दाबी गर्न पुगेका चारै जनालाई स्थानीयले पक्राउ गरेर बन्धक बनाए । धनीपुर्जावालाहरूलाई नियन्त्रणमा लिएर बन्धक बनाएको सुचना पाउनासाथ इलाका प्रहरी कार्यालय पथरीको टोली घटनास्थल पुगेको थियो । तर , घटनास्थलमा हजारौंको सङ्ख्यामा सुकुम्बासी र जग्गा जोतभोग गरिरहेको स्थानीय बासिन्दाको उपस्थिति रहेकोले प्रहरीको कुनै जोड चलेन । प्रहरीले बन्धक बनेका ४ जनालाई उद्धार गर्न नसकेपछि शुक्रबार मात्रै सरुवा भएर पथरी पुग्नु भएका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले विराटनगरबाट थप सुरक्षा बल माग गर्नुभयो । विराटनगरबाट आएका सुरक्षाकर्मीले घटनास्थलबाट बन्धक बनेका चारैजनालाई इलाका प्रहरी कार्यालय पथरीको गस्ती भ्यानमा हालेर पथरी तर्फ लगेपछि घटनास्थलमा तनाव भएको स्थानीयले बताएका छन् । पूर्जावालाहरूलाई प्रहरीले पथरी तर्फ लगेपछि उत्तेजित सुकुम्वासीको भीडले पथरी डाइनियाँ सडकको किराती चौक खण्डमा सुतेर सडक अबरुद्ध गरेका थिए । प्रहरी बोकेर आएको ट्रकलाई सुकुम्बासीले सडकमा सुतेर सडक अबरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरी सडक खाली गरेको थियो ।
सोही घटनाको भिडियो कैद गर्ने क्रममा प्रहरीले पत्रकार काफ्लेको क्यामेरा फुटाई दिएको काफ्लेको भनाई छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीले पत्रकार माथि कुनै दुब्र्यबहार नभएको बताउनु भयो । उहाँले उद्धार गरी ल्याइएका चारै जना प्रहरीको निगरानीमा रहेको बताउनु भयो । तर, उद्धार भएका ब्यक्तिको नाम भने उहाँले खुलाउन चाहनु भएन । पत्रकार काफ्ले एभिन्यूज टिभीका पथरीस्थित सम्वाददाता हुनुहुन्छ

प्रकाशित मिति: २०१९-१२-१४ , समय : २०:०४:३० , ४ वर्ष अगाडि