जंगलमा भेटिएको शवको पहिचान खुल्यो

Enepal Patra Pvt. Ltd. , ७०८  पटक हेरिएको

सुनसरी, ९ फागुन ।   सुनसरीको धरान ४ मा हत्या  गरिएकाे अवस्थामा फेला परेको शवको सनाखत भएको छ । शव झापाको दमक नगरपालिका-५ का दिनेश सिग्देलको भएको खुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान ४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो।

त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो। जंगलमा घाँस काट्न गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा डग स्निफिङको टोली खटिएको थियो। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सक पनि खटिएका थिए।

त्यसपछि प्रहरीले टा’उको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा लगेको थियो। त्यसकै भोलिपल्ट बाँकी अं’ग खोज्न प्रहरीको टोली खटिएको थियो।

सो टोलीले गत बिहीबार बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्‍यो। त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो।

शरीरका पूर्ण भाग फेला परे पनि ती पुरूषको सनाखत हुन नसके पछि प्रहरी उनको स्केच सार्वजनिक गरेको थियो।

घटनाको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सुनसरी प्रहरीले सिग्देलको हत्या आरोपमा दुई जनलाई अनुसन्धानको लागि पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सिग्देलको हत्या आ’रोपमा कान्छी श्रीमति र प्रेमिकालाई पक्राउ छ ।

कान्छी श्रीमतिले र प्रेमि मिलेर हत्या गरेको हुनसक्ने भएकोले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । केही व्यत्तिलाई नियन्त्रणमा लिएर अनुस्न्धान सुरु गरिएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले बताए ।

घटनाको अनुस्न्धान भइरहेकोले थप विषय पछि खुल्ने उनले बताए । प्रहरीका एक उच्च अधिकारीले दिएका जानकारी अनुसार धरानमा आज केही बेरमा पत्रकार सम्मेलन गरि घटनाको बिस्तृत जानकारी गराउने तयारी गरेको छ ।

प्रहरीका अनुसार सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । काठमाडौंबाट उनी सिधै विराटनगरस्थित कान्छी श्रीमतीकहाँ गएको प्रहरी बताउँछ । त्यसैले पारिवारिक समस्या कारण उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँसदाउराका लागि गएका गाउँलेले गत बुधबार पहिलोपटक शव देखेका थिए । थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

बिहीवार अर्को झोलामा जिउ फेला परेको थियो । त्यसपछि प्रहरीले उनको स्केच सार्वजनिक गरेको थियो । सुनसरी प्रहरीका अनुसार सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेका हुन ।

एसपी थापाका अनुसार वैदेशिक रोजगारीबाट फर्केका दिपक घरबाट बाहिर हिडिरहने गरेका थिए ।

प्रकाशित मिति: २०२२-०२-२२ , समय : १२:५५:३० , ४ वर्ष अगाडि