विष्फोटमा घाइते प्रहरी निरीक्षकको मृत्यु

Enepal Patra Pvt. Ltd. , ४५१  पटक हेरिएको

धनुषा, मङ्सिर २८ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक भएको बम विष्फोट हघाइते प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारको क्रममा मृत्यु भएको छ ।
गए राती भएको विष्फोटमा कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको अस्पतालमा उपचारका क्रममा मृत्यु धनुषका प्रहरी उपरीक्षक शेखर खानालले जानकारी दिनुभयो ।महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो । सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका थिए । दाहाललाई शनिबार बिहान ६ः४० मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: २०१९-१२-१४ , समय : १०:३८:३३ , ५ वर्ष अगाडि